FLASH NEWS
  • Loading...

प्रेस चौतारीले मनायो २६ औं स्थापना दिवस ः मिडिया बाँचे मात्र स्थानीय तह माैलाउँछन

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १७२ पटक पढिएको
प्रेस चौतारीले मनायो २६ औं स्थापना दिवस ः मिडिया बाँचे मात्र स्थानीय तह माैलाउँछन

प्रेस चौतारी नेपाल म्याग्दीले पनि संस्थाको २६ औं स्थापना दिवस मनाएको छ ।
प्रेस चौतारी नेपाल म्याग्दी शाखाले ‘स्थानीय तह सुदृढीकरणमा संञ्चार क्षेत्रको झूमिका’ विषयक अर्न्तक्रिया कार्यत्रमगरी स्थापना दिवस मनाएको हो । बेनी नगरफालिकाको हलमा आयोजित अर्न्तक्रिया कार्यत्रममा सहभागी पत्रकारहरुले राज्यको चौंथो अङ्ग संकटपूर्ण अवस्थाबाट गुज्रिएको बेला संरक्षणको दायित्व बोकेका स्थानीय तह मिडिया मैत्री बन्न नसकेको गुनासो गरे ।
स्थानीय तहको तर्फबाट बेनी नगरप्रमुख सुरत केसीले मिडियाहरु मर्यादामा बस्न नसकेको, स्थानीय तहले संम्पादन गरेका राम्रा काम र नराम्रा कामहरुको समिक्षात्मक/आलोचनात्मक समाचार तयार नसकेको गुनासो गरे ।
‘मिडिया क्षेत्र संकटमा छ । जिल्लाका स्थानीय स्वरोजगारमुलक मिडिया झन संकटमा छन । हामी मिडियाको संरक्षणमा सक्दो सहयोगी हुने छौं । मिडियाकर्मी साथीहरुले पनि स्थानीय तहका राम्रा, नराम्रा सवै कामको आलोचनात्मक रुपमा समाचार तयार पार्न चुक्नु भएको छ । सक्काउँछु, बदला लिन्छु जस्ता भावबाट मुक्त भएर आलोचनात्मक रुपमा समाचार लेख्न सक्नु पर्छ ।’
कार्यक्रममा पत्रकार कमल खत्रीले प्रेस चौतारीको स्थापना दिवसले पत्रकार र स्थानीय तह विचको संवादहीनतालाई तोडेको दावी गरे भने पत्रकार महाँसंघ म्याग्दीका संस्थापनक अध्यक्ष घनश्याम खड्काले प्रेस र पत्रकारिता बाँचे मात्र लोकतन्त्र, संविधान र स्थानीय तह सफल हुने हुन । पत्रकारीता नै नरहे संविधान र स्थानीय तह पनि वास्तविक अस्तित्वमा नरहने उल्लेख गर्दै पत्रकार र स्थानीय तह ‘माटोको भर ढुङ्गो र ढुङ्गोको भर माटो’ भएको बताए ।
त्यस्तै पत्रकार महाँघका पूर्व अध्यक्ष तारानाथ शर्माले पत्रकारिताको शैलिफेरिएको, स्वरुप फेरिएकोले अवको पत्रकारिता पनि परम्परागत शैली र ढर्राबाट बाहिर निक्लनु पर्ने भन्दै, ‘पत्रकारिता प्रचारमुखी, हल्लाको पछि लाग्ने र हाहाहुहुमा हिंड्दा समाज अराजक बन्ने भएकोले पत्रकारिताको मुल दायित्व र जिम्मेवारीबाट भने विचलिन हुनु नहुने बताए ।
कार्यक्रममा निजी क्षेत्रबाट म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले म्याग्दीको पत्रकारिता प्रशंसनीय रहनुको साथै गाउँका समाचारले राष्ट्रिय मिडियामा पनि उत्तिकै स्थान पाउने गरेको बताए । म्याग्दीका पत्रकारले समाचार लेखेकै कारण जिल्लाका धेरै पर्यटकीय स्थलहरुले प्रचार पाएको, कृषी उत्पादनले बजार पाउन सहज भएको र अन्य ब्यापार ब्यवसायमा पनि उल्लेख्य योगदान दिएको भन्दै आर्थिक संकटबाट जुधिरहेको निजी क्षेक्रबाट सक्ने सहयोग गर्ने बताए ।
कार्यत्रममा पत्रकार महाँसघका अध्यक्ष प्रकााश पौडेलले मुलधारका मिडियाघर धर्मराएको वेला दुर्गम र मोफसलका स्वरोजगारमुलक मिडिया (पत्रिका, अनलाईन)हरु पनि आर्थिक संकटबाट जुधिरहेको बताउँदै, जिल्लाका विज्ञापन मात्र होईन अनुदानबाट भएपनि मिडिया टिकाउन आग्रह गरे । कार्यक्रममा बादल शाही, ठाकुर प्रसाद आचार्य, राकेश शर्मा लगाएत संञ्चारकर्मी आ–आफ्ना धारणा राखे ।