FLASH NEWS
  • Loading...

‘प्रश्नै प्रश्नको घेरामा काँग्रेस’

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १४६ पटक पढिएको
‘प्रश्नै प्रश्नको घेरामा काँग्रेस’

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले काँग्रेस प्रश्नै प्रश्नले घेरिएको दावी गर्दै अझ धेरै प्रश्न गरी काँग्रेस र नेतृत्वलाई जवाफदेही बनाउन आवश्यक रहेको दावी गरेका छन ।
‘हामी जनताका प्रश्न र गुनासाहरुले घेरिएका छौं । यहाँ त (बेनीमा) थोरै मात्र प्रश्न उठे । जति धेरै प्रश्न गर्‍यो उत्ति धेरै नेतालाई जवाफदेखी बन्न बाध्य पार्छ । उत्तर दिन बाध्य पार्छ’ काँग्रेसका युवा नेता प्रदीप पौडेलले भने, ‘त्यत्रो विरासत बोकेको पार्टी काँग्रेले अव आफ्नो समिक्षा गर्नु पर्छ । आफ्नै वुताले, आफ्नै खुट्टामा उभिने बन्नु पर्छ । त्यसैले जनताका गुनासा सुन्न, काँग्रेस समुदायमा आएको हो ।’


अर्को एक प्रश्नमा नेता पौडेलले भने ‘प्रधानमन्त्री पुष्पकमल दहालको प्रधानमन्त्री हुने म्याद सकिएको अव माधव नेपालको पालो र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्झौता भएको सुनेको छु । अज जो प्रम भएपनि पुरानो पुस्ता हैन, युवा पुस्ताबाट प्रधानमन्त्री हुनु पर्ने जनताको चाहना छ ।’
काँग्रेस म्याग्दीले सदरमुकाम बेनीको विरेन्द्रचोकमा आयोजना गरेको ‘समुदायमा काँग्रेस’ संवाद कार्यक्रमलाई सम्बोधन गर्न आएका नेता पौडेललाई काँग्रेस कार्यकता र नागरिक समुदायले प्रश्न गरे, ‘विभिन्न वर्ग र समुदाय अटेको काँग्रेसमा कुनै समुदाय अटेन, छुट्यो कि भनी खोज्नु पर्नेमा उल्टो समुदायमा काँग्रेस कहाँ छ भनी खोज्नु परेको छ ।’


संवाद कार्यक्रमका अधिकांश प्रश्नकर्ताले काँग्रेस गठवन्धनको नाममा माओवादीको पछि लागेको, पार्टीलाई बुढा नेताले ओगट्दा युवाले किन विद्रोह गर्न सक्दैनन भनी प्रश्न गरेका थिए ।