FLASH NEWS
  • Loading...

पूर्वयुवराज्ञी हिमानी भन्छिन्– ६ बर्षमा अामा गुमाएँ, १२ कक्षा मात्र पढेँ, त्यसपछि बिहा भइहाल्यो

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २४० पटक पढिएको
पूर्वयुवराज्ञी हिमानी भन्छिन्– ६ बर्षमा अामा गुमाएँ, १२ कक्षा मात्र पढेँ, त्यसपछि बिहा भइहाल्यो

पूर्वयुवराज्ञी हिमानी शाहले आफ्ना केही निजी कुरा खोल्दै अन्तर्वार्ता दिएकी छन्। हिमानी पूर्वयुवराज पारस शाहकी श्रीमति हुन ।

भीएफवाई टक्स नामको युट्युब च्यानलमा बलिउड अभिनेतृ मनीषा कोइरालासँगको संवादका क्रममा उनले भनेकी छन्, ‘म एकल अभिभावकबाट हुर्किएँ। आमा चाँडै बित्नुभयो। बुवाले नै सबै कुरा हेर्नुभयो।’

आफू ६ वर्षकी छँदा आमा स्वर्गे भएको र आफ्ना ३ जना दिदीबहिनी रहेको उनले बताएकी छन्। तीन जना बहिनीहरु साथीजस्तै भएर हुर्किएको उनले बताइन्।

‘तीन जनामा म पढाइमा कम थिएँ होला। जेठी दिदी मनोविज्ञ, बहिनी छालारोग विशेषज्ञ हुनुहुन्छ,’ उनले भनेकी छन्, ‘मैले भने १२ कक्षासम्म मात्र पढेँ। त्यसपछि बिहा भइहाल्यो।’
शाहले अाफ्ना छाेराछाेरी विदेशमा ग्राजुयट अध्ययनरत रहेकाे र उनीहरूले स्वच्छाले विषय छान्ने र भविश्य खाेज्न स्वतन्त्र रहेकाे पनि बताएकी छिन ।