FLASH NEWS
  • Loading...

फौजदारी अपराध अनुसन्धानमा राजनितीको छायाँ, प्रहरी अनुसन्धानमा प्रश्नै प्रश्न किन ?

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १४६ पटक पढिएको
फौजदारी अपराध अनुसन्धानमा राजनितीको छायाँ, प्रहरी अनुसन्धानमा प्रश्नै प्रश्न किन ?

फौजदारी अपराध सम्बन्धी घट्नामा प्रहरी अनुसन्धानलाइ प्रभाव पर्ने गरी जिल्लाका राजनैतिक दलहरुले हस्तक्षेप सुरु गरेका छन ।
हालै बेनीको न्यूरोडमा एक युवाको ज्यान जानेगरी भएको साँघेतिक झडपपछि फरार रहेका आरोपीहरु पक्राउ गर्न विलम्बहुँदा पीडित परिवार तथा सर्वत्र आशंकाहरु बढेका छन ।
सत्ताको प्रभावमा फौजदारी अपराधको अनुसन्धानमा परेको र आरोपितहरु सहज फरार रहेको सर्वसाधारणको आशंकाका विच संवैधानिक क्षेत्राधिकार बाहिर जिल्ला समन्वय समितिले शुक्रवार आयोजना गरेको सर्वदलिय बैठकले ‘राजनितिकरण तथा प्रभाव’मा नपरी न्यायको पक्षमा उभिन भन्दै अनुसन्धानकर्ता, अभियोजनकर्ता र न्यायिक निकायसँग माग गरेको छ ।
र यस्तो वैठकका कर्तब्य ज्यान सम्बन्धी मुद्धाको अनुसन्धानमा उदासिन रहेको आरोप लागेको र घट्नाको अनुसन्धान गर्नु पर्ने मुख्य दायित्व रहेको प्रहरी समेत उपस्थित भेलाले ‘बेनी घट्नाले हामीलाई गम्भीर बनाएको र जिल्लाको शान्ति सुरक्षा प्रति चासो र चिन्ताको विषय बनाएकोले निस्पक्ष र न्यायोचित निर्णय’ गराउन सवै निकाय लाग्न माग गरेको छ ।
उक्त भेलामा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, काँग्रेसका कार्यवाहक सभापति हरीकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका इन्चार्ज गोविन्द पौडेल, शेरबहादुर केसी, राप्रपा अध्यक्ष वीरबहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विक, नेकपाकी जिल्ला इन्चार्ज उषा सि, सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत कुमार गुरुङसमेत उपस्थित थिए ।
प्रहरीकै उपस्थितीमा सर्वपक्षिय भेला बस्नु र स्वतन्त्र तथा निस्पक्ष अनुसन्धान तथा न्यायीक माग गरिनुले बेनीमा भएकाे हालैकाे हत्या समेत फौजदारी समेत सवै अपराधको घट्नाको निस्पक्ष अनुसन्धान गर्नु पर्ने प्रहरीको क्षमता र भूमिका प्रति गम्भीर प्रष्न उठाएको छ ।
प्रष्न १, के शुशिल गर्वुजाको हत्यामा संलग्न भनी पीडितले दिएको किटानीजाहेरीका आरोपितहरु पक्राउ गर्न प्रहरी उदासिन छ ?
प्रश्न २, पीडितको जाहेरीमा उल्लेख भएका आरोपीहरुलाई परार बनाउन र पक्राउ नपर्न कुन दल वा शक्तिको दवाव छ ?
प्रश्न ३, प्रहरीले कुन शक्ति केन्द्रको प्रलोभनमा वा के कुराबाट प्रभावित भएर फौजदारी अपराध समेतका अपराधिक घट्नामा काम गरिरहेका छ ?
प्रश्न ४, यदी प्रहरीले निस्पक्ष, स्वतन्त्र र पूर्ण क्षमतामा घट्नाको अनुसन्धान गरिरहेको छ भने, जिल्लाका सवै दल, नागरिक समाजले प्रश्न उठाउने परिस्थितीको जिम्मेवार को हो ? प्रहरी समेत गृह प्रशासनले तत्काल जवाफ दिनु पर्छ ।
गर्वुजा हत्या प्रकरणमा फरार रहेका आरोपित, अनुसन्धान प्रकृया र सर्वपक्षिय भेलाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत तथा सूचना अधिकारी कुमार गुरुङले भने, ‘सवै कुरा हामी आईतवार सार्वजनिक गर्छौ ।’ * तस्वीर स्राेत ः बेनी अनलाइन ।