FLASH NEWS
  • Loading...

माथिल्लो भेगमा हिमपात सुरु, वेंशीमा चिसो

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १३० पटक पढिएको
माथिल्लो भेगमा हिमपात सुरु, वेंशीमा चिसो

जिल्लाको माथिल्लो भेगमा हल्का हिमपात सुरु भएको छ ।
जिल्लाको पर्यटकीय स्थल घोडेपानी, महरे, खोप्रा, टोड्के, बेलढुङ्गा, गुर्जासमेत दुई हजार मिटरभन्दा माथिल्लो वस्तीमा विहिवार दिउँसो ४ बजेदेखी हिउँ पर्न थालेको हो । लामो खडेरीपछि हल्का भएपनि हिमपात भएपछि कृषकहरुले खुसीहुँदै सामाजिक संञ्जालमा फोटो भिडियो अपलोड गरेका छन ।
माथिल्लो भेगका वस्तीमा हल्का हिमपात भएपनि वेंशीका वस्तीमा भने छिटफुट वर्षा मात्र भएको छ । वेंशीका वस्तीमा हिउँ न पानी भएपनि चिसोले जनजिवन प्रभावित भएको छ ।
‘वरपर माथिमाथी डाँडामा सामान्य हिउँ परेकोले तल चिसो सिरेटो चलेको छ । कृषकले अपेक्षा गरे अनुसारको हिउँदे वर्षा भने हुन सकेको छैन’ अन्नपूर्ण गाउँपालिका, ६ घारका श्याम खड्काले भने, ‘आकास हेर्‍यो पानी झर्ला जस्तो कालो वादल छ, पानी पर्दैन, त्यसै चिसो सिरेटोले मात्र सेक्छ ।’