FLASH NEWS
  • Loading...

म्याग्दीमा एसईई परिक्षार्थी बर्षेनी घटेको घट्यै

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १९६ पटक पढिएको
म्याग्दीमा एसईई परिक्षार्थी बर्षेनी घटेको घट्यै

म्याग्दीबाट वर्षेनी माध्यामिक शिक्षा परिक्षा (एसईई)मा सहभागी हुने विद्यार्थी संख्या घट्दै गएको पाईएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङक अनुसार पछिल्लो ७ बर्षमा एसईई दिने विद्यार्थी संख्या ३ सय ४४ जनाले घटेका छन ।
आगामी चैत १५–२७ गतेसम्म संञ्चालन हुँदै गरेको माध्यामिक शिक्षा परिक्षा (एसईई)मा यस वर्ष सामुदायीक, संस्थागत, धार्मिक र वैकल्पिक विद्यालयबाट गरी जम्मा एक हजार ९ सय ४२ जना विद्यार्थी मात्र सहभागी हुँदैछन । तथ्याङ्क अनुसार ०७४ सालको एसईईमा २ हजार २ सय ८६ जना, ०७५ सालमा २ हजार २ सय ३२ जना, ०७६ सालमा २ हजार १ सय ९७ जना, ०७७ सालमा २ हजार १ सय २५ जना, ०७८ सालमा २ हजार १ सय २१ जना, ०७९ सालमा १ हजार ९ सय ८४ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्ष गतवर्षको भन्दा ४२ जना थोरै अर्थात १ हजार ९ सय ४२ जना विद्यार्थी मात्र एसईईमा सहभागी हुन परिक्षा फारम भरेका छन ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परिक्षा हुने र अक्षरांङ्कन मुल्याङ्कन प्रद्धती अनुसार परिक्षा फल प्रकाशित हुँदैछ । यस अघि लागु भएको अङ्कान्कन पद्धतिबाट संञ्चालित परिक्षा र परिक्षाफलबाट विद्यार्थीको शैक्षिक गुणस्तर झन खस्केको ठानिएको छ ।


‘म्याग्दीबाट वर्षेनी एसईई परिक्षामा सहभागी हुने विद्यार्थी संख्या बर्षेनी घट्दै गएको देखिन्छ । तिब्र वसाई सराई र गुणस्तरिय विषयगत शिक्षकको सँधैका अभावले पनि गाउँका विद्यालयहरु क्रमशः एसईई मात्र होईन सवै कक्षामा विद्यार्थी गुमाउँदै गएको भेटिन्छ’ जिल्लामा एसईई परिक्षा संञ्चालन गर्ने जिम्मेवारी पाएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले भने, ‘गाउँबाट वसाई सराई नरोकिने र गुणस्तरिय शिक्षामा सुधार नभै अव दुर्गमका विद्यालयबाट विद्यार्थी घट्ने मत्र होईन बन्दै हुने अवस्था छ ।’