FLASH NEWS
  • Loading...

हल्कादेखी मध्यम हिउँदे वर्षा हुँदै

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १९८ पटक पढिएको
हल्कादेखी मध्यम हिउँदे वर्षा हुँदै

पश्चिमी वायु नेपाल प्रवेश गरिरहेकाेले भाेली वुधवारदेखी नेपालमा हिउँदे वर्षा हुँदैछ । तर देशभर सवै स्थानमा एकनासकाे बर्षा हुने संभावना भने न्यून देखिएकाे माैषमविदहरूले भनेका छन ।

त्रिभूवन विश्व विद्यालय हाइड्राेलाेजी तथा मेथाेलाेजी केन्द्रीय विभागका माैषम विदहरूले गरेकाे एक  हिउँदे वर्षा काे संभावित क्षेत्र र पानी/हिमपातकाे घनत्व समेटिएकाे एनिमेटेड तस्विरमा सार्वजनिक गर्दै भनेका छन, ‘बुधबारबाट नेपाल भित्र सक्रिय हुने पश्चिमी वायुले बुधबार दिउसोबाट सुदुरपस्चिम हुदै क्रमश पश्चिमी भागका धेरै ठाउमा हिमपात र हल्का वर्षा गराउने छ । साथै यो प्रणाली बिहिबार पुर्व तर्फ सर्दै दिउसो देखि काठमाडौँ उपत्यका लगायत कोशी प्रदेशका हिमाली र पहाडी भेगमा हिमपात वर्षा गराउने संभावना छ ।’

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तो छ मंगलबार रातिसहित ३ दिनको मौसम पूर्वानुमान

२०८० माघ १६ गते (मंगलबार)

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ १७ गते (बुधबार)

दिउँसो : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०८० माघ १८ गते (बिहीबार)

दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलागयत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। रहनेछ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : कोशी, वाग्मती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका भू-भागका एक-दूई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।