FLASH NEWS
  • Loading...

पुख्यौली सीप हस्तान्त्रण गर्दै अन्नपूर्ण गापाको मण्डली सामुदायीक सीप केन्द्र

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १८७ पटक पढिएको
पुख्यौली सीप हस्तान्त्रण गर्दै अन्नपूर्ण गापाको मण्डली सामुदायीक सीप केन्द्र

रैथानी सामाग्री उत्पादन गर्ने परम्परागत मौलिक सीप, ज्ञान र प्रविधी युवा पुस्तालाई हस्तान्त्रण गर्न उद्देश्यले अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीमा रहेको मण्डली सामुदायीक सिकाइ केन्द्रले निगालोको चोयाबाट डोकोसमेत सामाग्री बुन्ने तालिम दिन थालेको छ ।
अनौपचारिक शिक्षा मार्फत निरक्षरता उन्मुलन र साक्षर गृहणीलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले खुलेका सामुदायिक अध्ययन केन्द्रहरुमध्य मण्डली सामुदायीक सिकाइ केन्द्रले निगालोको चोया कात्ने, चोयाका डोको, थुन्से, नाङ्लो, डाली, भकारी, नाम्लो, दाम्लो बुन्न सिकाउन थालेको हो ।
‘युवा पुस्ता देश छोडेर विदेश जाने, गाउँवस्तीबाट सहर बसाई सर्ने र दैनिक उपयोगमा प्लास्टिकजन्य सामाग्रीले ओगट् थालेपछि चोयाका वाातावरण मैत्री उपभोग्य सामाग्री विस्तापित हुन थालेका छन । अव गाउँमा रहेका युवालाई रैथाने सीप, ज्ञान र प्रविधी हस्तान्त्रण नगरे पुर्खाको चिना मासिन्छ’ अन्नपूर्ण गाउँपालिका, ७ का वडाध्यक्ष मइलन पुनले भने, ‘हाम्रा पितापुर्खाले गर्दै आएको र हाम्रो दैनिक जीवनमा पनि नभै नहुने निगालोको चोयाका सामाग्री उत्पादन गर्न तथा नासिँदै प्रविधी संरक्षण गर्न सिकाई केन्द्र मार्फत तालिम सुरु गरेका हौं ।’
अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशबहादुर कटुवालका अनुसार केन्द्रले रघुगंगा गाउँपालिका, ७ चिमखोलाबाट प्रशिक्षक ल्याएर घराम्दीका ३० जना युवालाई निगालोको चोयाका सामान बुन्न सिकाउन थालेको बताए । चिमखोला चोयाको डोका बुन्नमा प्रशिद्ध छ ।
अन्नपूर्ण गाउँपालिका भरीमा वडा नं २ भुरुङतातोपानी, ४ वडाको नारच्याङ, ५ नं वडाको खिवाङ, ७ घराम्दी र ८ नं वडाको नागीमा सामुदायिक केन्द्र रहेका छन ।
स्वायत्त, स्वशासित, अबिच्छिन्न उत्तराधिकारवाल भनिएका सामुदायिक अध्ययन केन्द्रहरुको अनुगमन तथा ब्यवस्थापन अहिले स्थानीय पालिकाको शिक्षा शाखाले नियमन गर्दै आएको छ । साविक जिल्ला शिक्षा कार्यालय मार्फत खुलेका जिल्लाका २१ वटा सामुदायीक सिकाइ केन्द्रहरु भने वेखवर छन । केही सामुदायीक केन्द्रमा रहेका कतिपय कर्मचारी वडा कार्यालयको दर्ताचलानीमा राखिएको छ, केहीलाई नजिकको विद्यालयमा अध्यापन गराउन लगाईएको छ ।