FLASH NEWS
  • Loading...

७१ मेगावाटको निलगिरी-२ ले टनेल टेष्ट गर्दै

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २१२ पटक पढिएको
७१ मेगावाटको निलगिरी-२ ले टनेल टेष्ट गर्दै

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित मिस्त्रीखोलामा निर्माणाधिन ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविधुत आयोजनाले माघ १६ गतेदेखी टनेल परिक्षण गर्दैछ ।

निलगिरीखोला जलविधुत कम्पनी लिमिटेड प्रबर्धक रहेकाे निलगिरी खोलामा एकसाथ निर्माणाधिन २ वटा जलविधुत अायाेजनामध्य निलगिरी–२ ले टनेलमा मंगलवारदेखी पानी राखेर टनेल परिक्षण गर्न लागेको हो । अायाेजनाले एक सूचना प्रकाशित गरी निलगिरी–२ जलविधुत आयोजनाको माघ २५ गतेसम्म सुरुङ परिक्षण हुने भएकोल  खोलामा पानीको वहाव थपघट हुनेहुँदा माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र खोलामा आवतजावन नगर्न भनेको छ ।
‘माघ २५ गतेसम्म टनेलमा पानी भर्ने सिपेज भए/नभएको हेरिने भएकोले पानी भर्ने/छोड्ने भैरहन्छ । टनेल परिक्षण अपेक्षित रहे अर्को १० दिनपछि पेनस्टक पाईपमा पानी भर्ने र टवाईनहरुको वेट टेष्टको काम हुन्छ’ निलगिरीखोला जलविधुत कम्पनी लिमिटेडका इन्जिनियर केशव वाग्लेले भने, ‘आगामी एक महिनाभित्र आयोजनाले परिक्षण उत्पादन थाल्ने लक्ष्य राखेका छौं ।’
टनेल परिक्षण गर्न कम्तीमा १५ दिन लाग्नसक्छ । निलगिरी खोलामै निर्माणाधिन अर्को ४०.७ मेगावाट क्षमताको लिगिरी–१ पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर वाग्लेका अनुसार निलगिरी–१ (एन–१)को पुस मसान्तसम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको छ । निलगिरी एक तर्फ अहिले टनेलको भुई ढलान र सुरुङभित्र पाईप विच्छाउने तथा पावर हाउसका केही कामसँगै भैरहेको छ ।
करिब १६ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । उत्पादित बिजुली २२० केभीए क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोड्न छोटेपा–दोबिल्ला हुँदै दाना सवस्टेशन जोड्ने ८ दशमलव ५ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइनका २४ मध्य २३ वटा टावर तथा लाईन तान्नेकाम सकिएको छ ।
निजी क्षेत्रको लगानीबाट निर्माण भैरहेको जिल्लाको ठूलो आयोजना निलगिरी जलविधुत आयोजनाले निलगिरी–१ बाट निक्लने पानीलाई सोझै निलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ । निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ । निलगिरी क्यासकेडको छोटेमामा बाँध र तल दोविल्लामा विद्युतगृह रहने छन । आयोजनाले निलगिरी क्यास्केडको विधुत गृहदेखी निलगिरी–१ को बाँधस्थलसम्म १४ किलोमिटर पहुँच मार्ग बनाएको छ ।