FLASH NEWS
  • Loading...

म्याग्दी कुष्ठरोगको जोखिम जिल्ला

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २०१ पटक पढिएको
म्याग्दी कुष्ठरोगको जोखिम जिल्ला

कुष्ठरोगका नयाँ विरामी पत्ता लाग्ने औषत आधारमा म्याग्दी जिल्ला फनि कुष्ठरोग संक्रमणको जोखिममा रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले आइतवार आयोजना गरेको ७१ औं विश्व कुष्ठरोग दिवस सम्बन्धी एक कार्यत्रममा दिएको विवरण अनुसार प्रति एक लाख जनसंख्यामा एक जना कुष्ठरोगी पत्ता लाग्दा त्यो नियन्त्रण भित्र रहेको मानिन्छ । तर म्याग्दीमा त्यो संख्या बढी रहेको छ । स्वास्थ्य कार्यालयको अभिलेख अनुसार चालु आर्थिक बर्षको पहिलो ६ महिना (पुस मसान्तसम्ममा) म्याग्दीमा तीन जनामा जटिल अवस्थाका नयाँ कुष्ठरोगी पत्ता लागेका छन । अघिल्लो आर्थिक बर्षमा पनि तीन जना कुष्ठरोगी पत्ता लागेको थियो ।
कुष्ठरोग पत्ता लागेकामध्य २ जनाले दरवाङ प्राथमिक श्वास्थ्य केन्द्रबाट र तीन जनाले बेनी अस्पतालबाट नियमित औषधी सेवन गरिरहेका छन । अर्का एक जना भने पाोखरामा बसेर औषधी सेवन गरिरहेका छन ।
माइइक्रोब्याक्टेरियम लेप्रे र माईक्रोब्याक्टेरियम लेप्रोम्याटोसिन जिवाणु ब्याक्टेरियाबाट मानिसको श्वासप्रश्वासको माध्यमबाट कुष्ठरोग सर्छ । समयमै उपचार गरे कुष्ठरोग निको हुन्छ । कुष्ठरोग लागेको पहिलो चरणका विरामीले ६ देखी ९ महिनासम्म नियमित औषधी र जटिल अवस्थाका विरामीले ९ देखी १८ महिनासम्म नविराई नियमित औषधी सेवन गर्नु पर्छ ।
जनवरी महिनाको अन्तिम आईतवार विश्व कुष्ठरोग दिवस मनाईन्छ । नेपालमा सन २०१० मा नेपालमा कुष्ठरोग नियन्त्रणमा आएको भनिएको थियो । तर नयाँ नयाँ विरामी देखिने क्रम भने जारी नै छ ।