FLASH NEWS
  • Loading...

गठवन्धन सरकार असफल, धेरै दल हैन, देश विकास गर्न बलियो र भिजन भएको दल आवश्यक– महाँसचिव पोख्रेल

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६४७ पटक पढिएको
गठवन्धन सरकार असफल, धेरै दल हैन, देश विकास गर्न बलियो र भिजन भएको दल आवश्यक– महाँसचिव पोख्रेल

एमाले महाँसचिव शंकर पोख्रेलले देशमा स्थिर सरकार र आर्थिक विकासकालागी धेरै दल होईन बरु बलियो, दुरगामी दृष्टी, स्पष्ट योजना र दृढ संकल्पित राजनैतिक दलको आवश्यकता भएको बताएका छन ।
प्रेस चौतारी म्याग्दीले शनिवार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महाँसचिव पोख्रेलले भने, ‘देश राजनैतिक रुपमा अस्थिर, सांस्कृतिक रुपमा विघटन भैरहेको र आर्थिक रुपमा संकटउन्मुख अवस्थामा पुगेको छ । देशलाई सही नेतृत्व दिन धेरै दल होईन, बलियो, दुरगामी दृष्टी, स्पष्ट योजना र दृढ संकल्पित राजनैतिक दलको आवश्यकता छ । एमाले देशका एक मात्र प्रष्ट भिजन र कार्यक्षमता भएको पार्टी हो ।’ नेता पोख्रेलले थपे, ‘अरुसँग नटाँसिई नटिक्ने र सामाजिक संञ्जालका सेलिव्रेटीहरुबाट देश बन्दैन ।’
भारतिय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणपछि गठवन्धन सरकारले भारतीय दुतावास मार्फत सोझै २० करोडसम्मको अनुदान बाँड्ने सम्झौता हुँदा राष्ट्रियता थप कमजोर पारेको पनि एमाले महाँसचिव पोख्रेलले भने, ‘विदेशी सहयोग आवश्यक छ । तर त्यो सहयोग नेपालको बजेटरी सिस्टमबाट आउनु पर्छ । दुतावासले सोझै इच्छित क्षेत्रमा खर्च गर्दा नेपालको राष्ट्रियता कमजोर बन्छ । कर्न्फटेवलगठवन्धन सरकार प्रभुको सेवामा राष्ट्रियता चढाउन उद्धत छ ।’
त्यस्तै, नेता पोख्रेलले भारतलाई १० हजार मेगावाट विधुत बेच्नु अघि सो क्षमतामा नेपालका विधुत उत्पादन हुनु पर्ने र देशका सवै वस्तीमा कम्तीमा थ्रिफेज विधुत पुर्‍याउन आवश्यक रहेको बताए । नेपालको ब्यापार घाटा घटाउने हो भने पेट्रोल, डिजेल, एलपी ग्याँस समेतका इन्धनको खपत न्यूनिकरण गर्ने विधुतको खपत बढाउन पनि आग्रह गरे ।
मध्यपहाडी लोकमार्ग केन्द्रीत रही झुलाघाट–चिवाभञ्ज्याङ पूर्व–पश्चिम संकल्प यात्राबाट नेकपा एमाले उत्साही भएको भन्दै महाँसचिव पोख्रेलले मध्य पहाडमा गाउँवस्ती रित्तिदै जानु, विद्यालय खाली हुनु, युवा गाउँमा नदेखिनु, बसाई सराई तिब्र हुनु जस्ता समस्या पहिचान भएको र समृद्धीको संभावना खोजिएको बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा भन्न थालेको आन्दोलनको विषय, हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेले पाएको स्थानको प्रशंगमा पत्रकारले राखेको प्रष्नमा नेता पोख्रेलले भने, ‘एमाले निर्विकल्प राष्ट्रिय शक्ति हो तर एकल नेतृत्व गर्न सक्ने अवस्था तत्काल छैन । पूर्व–पश्चिम संकल्प यात्रा एमालेको यसैको एउटा पाटो हो ।’
गठवन्धन सरकार भत्काउने एमालेको सामर्थ के छ भनी पत्रकारले सोधेको अर्को प्रष्नमा भने, ‘हाम्रा लागी सरकार प्राथमिकता होईन । तर गठवन्धन सरकार देश विकासकालागी, आर्थिक उन्नतीकालागी र राष्ट्रियता रक्षाकालागी पूर्ण असफल छ । हामी सरकारका गलत कामका भण्डाफोर गर्न जनतामा जाने योजनामा छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल