FLASH NEWS
  • Loading...

छात्र/छात्रा प्रकाश र शिख मावि तथा शिक्षक/शिक्षिका तर्फ डनिङ र शिख मावि विजयी

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २१६ पटक पढिएको
छात्र/छात्रा प्रकाश र शिख मावि तथा शिक्षक/शिक्षिका तर्फ डनिङ र शिख मावि विजयी

म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न ‘प्रथम म्याग्दी भलिवल कप ०८०’ को उपाधि छात्र तर्फ प्रकाश मावि बेनीले जितेको छ ।
बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ सेटमा पराजित गरी छात्र तर्फको ५० हजार नगदसहि कप हात पारेको हो । कडा प्रतिस्पर्धामा दोस्रो बनेको किसानी माविले २५ हजार ट्रफी हात पारेको छ ।
त्यसैगरी शनिवार नै सम्पन्न छात्रा तर्फको फाईनल खेलमा सदरमुकाम बेनीको प्रकाश माविलाई पराजित गरी अन्नपूर्ण गापा, ५ स्थित शिख माविले नगद २५ हजारसहित ट्रफि जितेको छ । भने दोस्रो बनेको प्रकाश माविले १० हजारसहित ट्रफिमा चित्त बुझाएको छ ।


जिल्लामा पहिलो पटक औपचारिक संस्थाले आयोजना गरिएको शिक्षक/शिक्षिकाहरु विचको भलिवल प्रतियोगितामा पनि शिक्षक तर्फ मंगला गापा, २ बाबियाचौर स्थित डनिङ आवसिय माविले नगद २० हजारसहित ट्रफि पहिलो बनेको छ । शिक्षक तर्फ बेनी नपा,९ तोरिपानी स्थित गलेश्वर माविले नगद १० हजार सहित दोस्रो स्थानमा मन बुझाएको छ ।
त्यस्तै शिक्षिका तर्फ बेनी नपा, ७ बेनी स्थित माउण्ट एभरेष्ट आवसीय माविलाई पराजित गर्दै अन्नपूर्ण गापा, ५ शिख स्थित शिख माविका शिक्षिकाहरुले नगद २० हजार सहित उपाधी रक्षा गरेका छन । दोस्रो बनेका माउण्ट एभरेष्ट आवसीय माविका शिक्षिकाहरुले नगद १० हजारसहित ट्रफि पाएका छन ।


जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्र बानियाँका अनुसार अन्तर विद्यालय स्तरिय ‘प्रथम म्याग्दी भलिवल कप ०८०’ प्रतियोगितामा छात्र तर्फ १५ टिम, छात्रा तर्फ १२ टिम सहभागी थिए । प्रतियोगितामा विद्यार्थी भन्दाबढी शिक्षकहरुको १० टिम र शिक्षिकाहरुको १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजाले तथा समापन प्रदेश सभासदस्यद्वय हरी भण्डारी र विमला गौचनले गरे ।