FLASH NEWS
  • Loading...

सिसिटिभी क्यामेराको निगरानीमा गलेश्वर

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २४४ पटक पढिएको
सिसिटिभी क्यामेराको निगरानीमा गलेश्वर

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार अब सिसिटिभी क्यामराको निगरानीमा रहने भएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा गलेश्वर प्रवेशद्वारमा रहेकाे गलेश्वर प्रहरी चाैकीदेखी राहुघाट नदीकाे पुलसम्मका मुख्य ६ ठाउँमा सिसी क्यामेरा जडान गरिएको गलेश्वर क्षेत्र विकास काेषका अध्यक्ष माधव रेग्मीले बताए । क्यामेरा जडान गर्न दुइ संस्थाले अाधा अाधा खर्च ब्यहाेर्ने गरी दुइ लाख ५० हजार खर्च भएकाे छ ।

सिसी क्यामेराकाे शुक्रवार गलेश्वर प्रहरी चाैकीमा रहेकाे सिसी क्यामेराकाे कन्ट्राेल रूमबाट क्यामेराकाे वत्त्रि अनगरी प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गरे ।

गलेश्वर प्रहरी चाैकीका प्रमुख प्रहरी सहायक निरिक्षक विक्रम तिवारीका अनुसार  जडित सिसी क्यामेरा ३ पिक्सल रिजाेलुसन क्षमताका स्टार लाइट हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख मदन कुँवरका अनुसार हालसम्म म्याग्दी सदरमुकाम बेनी र गलेश्वर समेत अन्नपूर्ण गापकाे भुरूङताताेपानी, गलेश्वर, बेनी नपाकाे सिङ्गाताताेपानी,  मंगला गापाकाे बाबियाचाैर बजार र मालिका गापाकाे दरवाङ बजारमा समेत ७६ सार्वजनिक स्थानमा जडित सिसी क्यामेराले जिल्लाकाे सुरक्षा निगरानी गरिरहेका छन ।