FLASH NEWS
  • Loading...

बेनीमा भएकाे शुशिल गर्वुजा हत्या प्रकरणमा चार जना पक्राउ

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ३४२० पटक पढिएको
बेनीमा भएकाे शुशिल गर्वुजा हत्या प्रकरणमा चार जना पक्राउ

विहिवार बेनी नगरपालिका, ८ बेनीको क्याम्पसचोकमा रघुगंगा गाउँपालिका, १ बेग घर भै बेनी नपा, ८ पिपलचोकबस्ने २२ बर्षिय शुशिल गर्वुजाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक कुमार गुरुङले दिएको विवरण अनुसार गर्वुजा हत्यामा संलग्न भएका आरोपमा धवलागिरी गाउँपालिका, ४ मुदीका २१ बर्षिय अमृत पुर्जा र सोही गापा, ४ घर भै बेनी न्यूरोड बस्ने शंकर घर्ती, रघुगंगा गाउँपालिका, ७ चिमखोला घर भै बेनी नपा, ९ गलेश्वर बस्ने १९ बर्षि उत्सव पुन र मंगला गापा, २ घर भै बेनी बस्ने २३ बर्षिय प्रविन जिसीलाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेकाहरुलाई शुक्रवार जिल्ला अदालतबाट पहिलो ५ दिनकालागी थुनामा राखी अनुसन्धान गर्न अनुमति लिएको जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुबाट एक थान चक्कु र एक धान खुकुरी (दावे) पनि बरामद गरेको छ । घट्रनामा संलग्न भएकाे अाशंकामा परेकाहरू विभिन्न स्थानबाट हिजाे राती र शुक्रवार विहान पक्राउ परेका हुन ।
विहिवर अन्दाजी साँझ अन्दाजी ६.३० बजे सदरमुकाम बेनीको क्याम्पसचोक नजिक दुई समुह विच झडपहुँदा छातीको दाहिने भागमा धारिलो हतियार प्रहारबाट घाईते गर्वुजाको उपचारक्रममा बेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएको थियो । * तस्वीर ः जिल्ला प्रहरी कार्यालय, म्याग्दी