FLASH NEWS
  • Loading...

अन्तर माविस्तरीय छात्रछात्रा र शिक्षकशिक्षिकाकाे जिल्ला स्तरिय भलिबल प्रतियाेगिता हुने

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ३८१ पटक पढिएको
अन्तर माविस्तरीय छात्रछात्रा र शिक्षकशिक्षिकाकाे जिल्ला स्तरिय भलिबल प्रतियाेगिता हुने

भाेली माघ ९ गतेदेखी १२ गतेसम्म बेनीमा  प्रथम म्याग्दी भलिबल कप २०८० संचालन हुने भएको छ ।

म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा जिल्लामा पहिलाे पटक अन्तर माध्यामिक विद्यालय स्तरिय छात्र, छात्रा तथा शिक्षक, शिक्षिकाहरुको  भलिबल प्रतियाेगिता हुन लागेकाे हाे । प्रतियाेगितामा  छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षकतर्फ २० र शिक्षिकातर्फ ९ वटा विद्यालय सहभागि हुने जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

प्रतियोगितामा को छात्र र छात्रा दुवै तर्फ प्रथम पुरस्कार नगद ५० हजार र द्वितिय पुरस्कार नगद २५ हजार ट्रफि, मेडल प्रमाणपत्र रहेको छ । त्यस्तै शिक्षक तथा शिक्षिका तर्फ प्रथम पुरस्कार नगद २० हजार र द्वितिय पुरस्कार नगद १० हजार ट्रफि, मेडल प्रमाणपत्र रहेकाे सघले जनाएकाे छ । विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई रु ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई रु २ हजार ५ सय पुरस्कारको व्यवस्था समेत रहेको छ । म्याग्दी कपको मुख्य प्रायोजकको रुपमा गौमति विकास कोष बेनपा ४ रहेको छ ।