FLASH NEWS
  • Loading...

अयोध्यामा रामको मुर्तिको प्राण प्रतिष्ठा साईतमा म्याग्दीमा लाखवत्ति प्रज्वलन गरिने

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २२७ पटक पढिएको
अयोध्यामा रामको मुर्तिको प्राण प्रतिष्ठा साईतमा म्याग्दीमा लाखवत्ति प्रज्वलन गरिने

भारतको आयोध्यामा निर्मित राम मन्दीरमा राखिन लागिएकाे रामकाे मुर्ति । तस्वीर श्राेत ः भारतिय मिडियाबाट

भारतको आयोध्यामा निर्मित राम मन्दीरको अभिषेक र भगवान रामको मुर्तिमा प्राण प्रतिष्ठा गरिने जनवरी २२ तारेखको दिउँसो १२.२० मिनेट (नेपाली समय अनुसार माघ ८ गते दिउँसो १२.३० मिनेट)को शुभ साईतमै म्याग्दीको बेनी नगरपालिकाको गलेश्वर नजिक कालीगण्डकी नदी किनारामा भने लाखवत्ति प्रज्वलन गरिने भएको छ ।
म्याग्दीको बेनी नगरपालिका, ६ स्थित गलेश्वर छेउको कालीगण्डकी नदी किनारको उद्गमस्थलबाट अयोध्या पठाईका ७ फिट लामो, ५ फिट चौडाई र ३.५ फिट मोटाइ भएका २ थान क्वार्जराईट र क्यालासाईट देवशिलाबाट मुर्ति नबनाईएको भएपनि देवशिलाको गर्भस्थलमै दीपप्रज्वलन गर्न लागिएको हो ।


रामको मुर्ति बनाउने भनिएको देश शिला उद्गमस्थलमा लाख दीपप्रज्वलन गर्न यज्ञमण्डपको चौकोस निर्माण, लिङ्गा राख्ने, तोरण तथा पतकाहरु राख्ने काम भैरहेको आयोजक बेनी नगरपालिकाले बताए ।
अयोध्याको राम मन्दीरमा म्याग्दीको कालीगण्डकीबाट लगिएको देवशिलाबाट मुर्ति नबनाईएको भएपनि देवशिला उद्गमस्थलमा बेनी नगरपालिका र गलेश्वरधाम क्षेत्र विकास कोषले भगवान रामको मुर्तिको प्राण प्रतिष्ठा भर्ने साईतमै यहाँ लाखवत्ति प्रज्वलन गर्न लागेका हुन ।

‘परम बैदिक सनातन धार्मिक आश्रम श्रीलक्ष्मीहरी नारायण मन्दीरका उत्तराधिकारी जगदगुरु हिमालयन बाबा’को संयोजनमा भगवान रामको वाल्यकालको मुर्ति बनाउन भारतको अयोध्यामा लगिएको देवशिलाको गर्भस्थलमा रामको मुर्क्तिको प्राण प्रतिष्ठा भर्ने साईतमा दीपप्रज्वलन गर्न लागिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए ।