FLASH NEWS
  • Loading...

डबल ब्ल्याकको बोटलमा भोड्का र रम, ब्रान्डेड भन्दै नक्कली रक्सी बिक्री

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २३५ पटक पढिएको
डबल ब्ल्याकको बोटलमा भोड्का र रम, ब्रान्डेड भन्दै नक्कली रक्सी बिक्री

प्रहरीले ब्रान्डेड रक्सीको बोटलमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ। राजधानीमा प्रहरीले गिरोहमा संलग्न ९ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको हो।

म्याग्दी प्रहरीले पनि केही वर्ष अघि बेनीको कालीपुलमा पनी यस्तै ब्राण्डेड रक्सीको बोटलमा सस्ता रक्सी भरी वेच्ने नक्कली मदिराका धन्दाकारीले चलाएको कारखानाबाट अन्त शूल्क स्टिकर समेत बिभिन्न कम्पनीका खाली बोटल र सस्ता रक्सी फेला पारी गिरोहलाई पक्राउ गरेको थिये ।

गिरोहका सदस्यहरुले ब्रान्डेड रक्सीको बोटलमा केमिकल र सस्तो रक्सी मिसाउने गरेको खुलेको छ। त्यसरी तयार पारिएको रक्सी उनीहरुले विभिन्न होटल र रेष्टुरेन्टमा बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने गरेका थिए।

डबल ब्ल्याक, चिभास, ब्ल्याक लेभल लगायत महंगो रक्सीको बोटलमा सस्तो रक्सी, भोड्का, रम लगायत मिसाएर बेच्ने गरेको अनुसन्धानमा देखिएको छ।