FLASH NEWS
  • Loading...

बेनीमा पर्वत राज्यको साँस्कृतिक चिनो, ‘माघे संक्रान्ती मेला’ सुरु

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २०५ पटक पढिएको
बेनीमा पर्वत राज्यको साँस्कृतिक चिनो, ‘माघे संक्रान्ती मेला’ सुरु

कालीगण्डकी र म्याग्दी नदी दोभानमा अवस्थित बेनीमा आईतवारदेखी यस क्षेत्रकै पुरानो र प्रमुख साँस्कृतिक मेला ‘माघे संक्रान्ति’ मेला सुरु भएको छ । मेलाको प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजाले एक समारोह विच उद्घाटन गरेका छन ।


तत्कालिन पर्वत राज्यका छठौं राजाको पालादेखी सुरु भएको हाटबजारहुँदै बेनीमा माघे संक्रान्ति मेला लाग्दै आएको छ । म्याग्दी उद्याेग वाणिज्य संघ अन्तर्रगतकाे महिला उद्यम विकास समितीले अायाेजना गरेकाे माघे संक्रान्ति मेला आगामी माघ २ गतेसम्म संञ्चालन हुने छ । बेनीमा लाग्ने माघे संक्रान्ति मेला यस क्षेत्रकै सवै भन्दा पुरानो सांस्कृतिक मेला मान्ने गरिन्छ ।
‘बेनीको सांस्कृतिक र आर्थिक इतिहाँस बारेमा नयाँ पिंढीलाई बेनीको विरासतमा चाख थप्न र माघे संक्रान्ति मेलाको जगेर्ना गर्न सुधारिएको स्वरुपमा भएपनि माघे संक्रान्ति मेला आयोजना गरेका हौं’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘यो युगमा हाटमण्डीको बजार कल्पना गर्न सकिन्न तर हाम्रो समाजमा अहिल्यै उत्तरआधिुनिक ब्यापारशैली अपनाउने अवस्थामा पनि पुगेको छैन । पुस्तान्त्रणको यो चरणमा माघे संक्रान्ति मेला विस्मृतिको गर्भमा लुप्त हुन दिनु हुँदैन ।’
प्राचिन ब्यापारिक केन्द्र रहेको बेनीको एतिहाँसिक तथा सांस्कृतिक महत्व संरक्षण गर्न बर्षेनी बेनीमा माघे संक्रान्ति मेला लाग्ने गरेको छ । सदियौंदेखी नै माघे संक्रान्तिमा स्थानीयहरु नदी स्नान गर्न बेनी झर्ने, बेनी आउँदा गाउँका कन्दमुल तथा उत्पादन ल्याई बेच्ने र दैनिक उपभोग्य वस्तु किनेर लैजाने परम्परागत ब्यापार शैलीको हाटबजारको परिस्कृत स्वरुप मेला र महोत्सव हुन ।


आइतवारबाट बेनीमा सुरु भएको माघे संक्रान्ति मेलामा कृषकहरुका कृषी उपज, घरेलु तथा लघु उद्यमका सामाग्री, स्थानीय रैथाने परिकारका खानेकुरा तथा हाटवजार शैलीका दैनिक उपभोग्य वस्तुसँगै रसरङ्गकालागी नाचगान, दारुपानी तथा सितन ब्यापारको पनि ब्यवस्था मिलाईएको छ ।
‘स्थानीय उत्पादनको बजार प्रर्वद्धनहुने खालका स्थानीय उत्पादनका स्टल राखेका छौं । परम्परागत कला, संस्कृतिको संरक्षण गर्न जातिय पहिचानसहितका पुख्यौली झाँकी प्रर्दशन र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका छौं’ आयोजक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले भने, ‘परम्पराको निरन्तरण मात्र भएकोले यो माघेसंकान्ति मेलामा लोक गित, संगित र स्थानीय रमाईला खेलका कार्यक्रम मात्र समावेश गरेका छौं । सकेसम्म भट्टी (रेष्टुरेन्ट)मा पनि स्थानीय उत्पादनको स्थान रहोस भन्ने चाहना छ ।’


इतिहाँसका अध्ययता तथा लेखक चन्द्रप्रकाश बानियाँका अनुसार सोह्रौं सताब्दीको अन्तिमतिर पर्वत राज्यका छैठौं राजा राजवम मल्लले माघे संक्रान्तिका दिनदेखी बेनीमा हिउँदका चार महिना ‘हाटमण्डी’ लगाउने प्रचलन बसाएका थिए । र त्यही हिउँदे हाटमण्डीले नै कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल बेनीलाई ‘बजार’को स्वरुप दिएको मानिन्छ ।
म्याग्दी र कालीगण्डकी नदी जोडिएको बेणी (बेनी)मा नदी स्नान गर्न आएका गाउँलेहरुले घर फर्कदा घरायसी सामान किनेर लैजाने हाटवजार लाग्ने प्रचलन थियो । बेनी प्राचिन भोट–मधेश (तिब्बत–भारत) चल्ने एउटा ब्यापारि मार्गमा अवस्थित बेनी त्यस समयको ब्यापारिक केन्द्र थियो ।


एतिहाँसिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टीले पर्यटकीय ठाउँहरुमा आर्थिक मेरुदण्ड बन्ने संभावनालाई दृष्टीगत गरी मेला, महोत्सव गर्ने चलन बढ्दो छ । र पुरानो ‘हाटमेला’को परम्परा यातायात तथा संञ्चारको विकासले फेरिएका छन । अब बजार सबैकालागी र सँधै वस्तु उपलब्ध हुने थलो बनेको छ । ति परम्परागत ब्यापार शैलीसंग जोडिएका साँस्कृतिक मुल्य, मान्यता र परम्पराहरु पनि फेरिएर डिजिटल स्कृनमा हातहातमा पुग्न थालेसँगै परम्परागत मेलाजात्राको संस्कृति पनि ओरालो याक्रामा छन ।
वैदिक माान्यता अनुसार माघ १ गतेदेखी सूर्य दक्षिणबाट त्रमशः उत्तरायण हुने र धनु राशीबाट मगर राशीमा प्रवेश गर्ने हुँदा त्यस दिन बेणी, त्रिवेणी वा नदीखोलामा गै स्नानगरी सूयको पुजा गर्ने चलन छ । माघे संक्रान्तिको दिन बेणीघाटमा पुगेर स्नान गर्दा देव ऋण, पितृ ऋण र ऋषी ऋण तिरिने धार्मिक विश्वास छ ।