FLASH NEWS
  • Loading...

छात्र भलिवलमा आयोजक ज्ञानप्रकाश मावि विजयी

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १४० पटक पढिएको
छात्र भलिवलमा आयोजक ज्ञानप्रकाश मावि विजयी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दाना स्थित ज्ञानप्रकाश माध्यामिक विद्यालयको ४८ औं बार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय छात्र भलिवल प्रतियोगिताको ट्रफी आयोजक ज्ञानप्रकाश माविले उचालेको छ ।
आइतवार सम्पन्न फाईनल खेलमा सदरमुकाम बेनीको प्रकााश माध्यामिक विद्यालयलाई २–३ सेटमा पराजित गरी नगद ८० हजार एक सय ११ सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको प्रकाश माविले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाएको छ ।
पुस २६–२९ गतेसम्म ज्ञानप्रकाश माविको प्रारङ्गणमा सम्पन्न छात्र भलिविल प्रतियोगितामा आयोजक जिल्लाभरका १५ माध्यामिक विद्यालयको सहभागीता रहेको थियो ।