FLASH NEWS
  • Loading...

संगिनीको अध्यक्षमा साधना

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २८४ पटक पढिएको
संगिनीको अध्यक्षमा साधना

बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन भएकी छिन । शनिबार सम्पन्न ११ औं साधारण सभाबाट श्रेष्ठ दोस्रो कार्यकालका लागी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन । साधारण सभाको जिल्ला समन्वय समितीका उपप्रमुख दिलकुमारी खत्रीले गरेकी थिइन ।

त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ ।  सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, याम कुमारी ढुंगाना, बिश्व कुमारी शेरचन, सुमितरा  गैरे, मिना जिसी भण्डारी र सुनिता केसी चयन भएको संगिनी वचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

महिलाहरू मात्र संलग्न भै वि.सं. २०६९ सालमा स्थापना भएको संगिनी बचत तथा ऋण सहकारी संस्था संचालित छ । हाल यस संस्थामा ५ सय २५ जना शेयर सदस्य र २ करोड ३९ लाख ३ सय  शेयर पुंजी रहेको छ । आर्थिक वर्ष २०७९/८० मा संस्थाको बचत संकलन ३ करोड ७१ लाख ६४ हजार ४ सय र कर्जा लगानी ४ करोड ५४ लाख ३६ हजार ७ सय ५५ रहेको छ ।