FLASH NEWS
  • Loading...

म्याग्दीकाे बिममा ढुङगाले हानी नातिनीबजैको हत्या

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २४८ पटक पढिएको
म्याग्दीकाे बिममा ढुङगाले हानी नातिनीबजैको हत्या

मालिका गाउँपालिका, ६ विममा शनिवार दिउँसो ढुङ्गा प्रहारगरी दुई जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले पीडकको नामवतन नखुलाई दिएको विवरण अनुसार ढुङ्गा प्रहारबाट मालिका, ७ विमकी ७० बर्षिया मनसङ गर्वुजा र उनीकी ७ बर्षिया नातिनी प्रियंका गर्वुजाको मृत्यु भएको हो ।
मनसङको घट्नास्थलमै र प्रियंकाको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो । घट्नामा ६६ बर्षिया अमृता जुग्जाली घाईते छिन । जुग्जालीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
बजैलाई छपनी प्रहारगरी हत्या गरेको देखेपछि जोगाउन गएकी छिमेकी अमृता र प्रियंकालाई पनि ढुङ्गा र चिर्पट प्रहार गरेका थिए । घाईतेको मालिका गापा, ६ दरवाङ पालिका अस्पतालमा प्राथमिक उपचार पछि हेलिकोप्टरमा पोखरा लगिएको थियो ।
हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । तर प्रहरीले घट्ना अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै आरोपितको विवरण गरेको छैन ।
‘घट्नामा संलग्न एक जनालाई पक्राउ गरी कानुनी प्रकृया सुरु गरेका छौं । घट्ना थप शंकास्पद भएकोले आइतवार मात्र घट्नाको विस्तृत विवरण सार्वजनिक गर्छौ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक असोक झाले भने, ‘घट्नाका कतिपय प्रमाण र तथ्यहरु प्रभावत नहोस भन्नकालागी तत्कालै विवरण सार्वजनिक गर्न नमिलेको हो ।’