FLASH NEWS
  • Loading...

नवौं म्याग्दी राष्ट्रपति रनिङशिल्ड बेनी नगरपालिकाले उचाल्यो

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ५९७ पटक पढिएको
नवौं म्याग्दी राष्ट्रपति रनिङशिल्ड बेनी नगरपालिकाले उचाल्यो

सदरमुकाम बेनीमा सम्पन्न ९ औं अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड बेनी नगरपालिकाले उचालेको छ ।
शनिवार सम्पन्न छात्र/छात्रा एथलेटिक्स, भलिवल तथा कवड्डी खेलमा सर्वाधिक धेरै १५ स्वर्ण, १२ रजत र ४ कास्य पदक जित्दै बेनी नगरपालिकाले नवौं राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।


त्यस्तै, रघुगंगा गाउँपालिकाले ९ स्वर्ण ६ रजत र ६ कास्यसहित दोस्रो र अन्नपूर्ण गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ३ कास्यसहित तेस्रो स्थानमा चित्त बुझाएका छन ।
प्रतियोगितामा पहिलो हुने बेनी नगरपालिकाले राष्ट्रपति नरिङ शिल्ड सहित नगद २०, मेडल र प्रमाण पत्र जिते । त्यस्तै दोस्रो र तेस्रो हुने पालिकाहरुले क्रमशः १५ र १० हजार नगदसहित, कप, मेडल र प्रमााण पत्र हात पारे ।


त्यसैगरी मालिका गापाले ३ स्वर्ण, ७ रजत र ४ कास्य, मंगला गापाले ३ स्वर्ण १ रजत तथा धवलागिरी गापाले २ स्वर्ण, ३ रजत र सर्वाधिक धेरै १२ कास्य पदक जिते ।
प्रतियोगितामा विजयी खेलाडी तथा पालिकालाई प्रमुख अतिथी रहेका प्रतिनिधी सभा सदस्य खमबहादुर गर्वुजाले शिल्ड, कप, मेडल र प्रमाण पत्र हस्तान्त्रण गरेक थिए ।


त्यस्तै प्रतियोगितको कबड्डी छात्रामा मालिका गापा पहिलो, मंगला गापा दोस्रो, कवड्डी छात्र तर्फ बेनी पहिलो र मालिका दोस्रो बने । भलिवल तर्फ छात्रामा अन्नपूर्ण पहिलो र बेनी नपा दोस्रो एवं छात्र तर्फ बेनी नगरपालिका पहिलो र अन्नपूर्ण गापा दोस्रो बने ।


नवौं राष्ट्रपति रनिङ िशल्ड प्रतियोगितामा जिल्लाका ६ पालिकाका आठ सय खेलाडीले ३६ स्वर्ण पदककालागी प्रतिपर्धा गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।