FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पस बर्षेनी घाटामा संञ्चालन

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ३४८ पटक पढिएको
म्याग्दी क्याम्पस बर्षेनी घाटामा संञ्चालन

उच्च शिक्षा अध्यापन गराउने जिल्लाको पुरानो शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पस आर्थिक रुपमा बर्षेनी घाटामा जान थालेको छ ।
सामुदायीक प्रयासमा विस ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसमा हाल ब्यवस्थापन तर्फ स्नाकोत्तर तहका एमविएस (मास्टर अफ विजनेस स्टडिज) र शिक्षाशास्त्र तर्फ एम एड विषयमा पढाई हुने गरेको छ । तर क्याम्पसमा बर्षेनी विद्यार्थी संख्या कम हुँदा आम्दानी स्रोत घट्नै गै घाटामा जान थालेको हो ।
‘क्याम्पसले समय सापेक्ष र अभिभावकको माग अनुसार विभिन्न शैक्षिक कार्यक्रमहरु थप भएको तर सोही अनुसार विद्यार्थी थप हुनुको सट्टा वर्षेनी विद्यार्थी संख्या घट्दै गएकोले समुदायीक प्रयत्नमा संञ्चालित क्याम्पस बर्षेनी घाटामा गैरहेको अवस्था छ’ म्याग्दी बहुमुखी क्याम्पस संञ्चालक समितिका कोषाध्यक्ष राजकुमार थापाले भने, ‘अव क्याम्पसले अनावश्यक खर्च भएका भए, घटाउने र आम्दानीका स्रोतहरुको थप खोजी गर्नु पर्ने देखिएको छ । जिल्लाको अग्रेणी र एक मात्र उच्च शिक्षा दिने शैक्षिक संस्था भएकोले सवै सरोकारवालको ध्यानाकर्षण आवश्यक छ ।’
बुधवार सम्पन्न म्याग्दी बहुमुखी क्याम्पसको ३३ औं बार्षिकोत्सवको २२ औं साधारण सभामा क्याम्पस संञ्चालक समितिका कोषाध्यक्ष थापाले प्रस्तुत गरेको आव ०७९/०८० मा म्याग्दी क्याम्पस २१ लाख ७३ हजार २ सय १५ रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवमा क्याम्पस ७ लाख घाटामा थियो । कोषाध्यक्ष थापाले प्रस्तुग गरेको आर्थिक प्रतिवेदनमा उल्लेख भए अनुसार गत आवमा क्याम्पसले विद्यार्थी शुल्क, विभिन्न संस्थाबाट प्राप्त अनुदान, विश्व विद्यालय अनुदान, विभिन्न स्थानीय तहबाट प्राप्त अनुदानसमेत कुल ३ करोड २५ लाख ८४ हजार ६ सय ७४ रुपैयाँ आम्दानी गरेको थियो ।


सोही अवधिमा क्याम्पसले शिक्षक/कर्मचारीको तलवभत्तामा २ करोड ७१ लाख ४२ हजार ५ रुपैयाँ, अन्य प्रशासनीक खर्च तर्फ ७६ लाख, १५ हजार ८ सय ८५, कर्मचारी कल्याण कोषमा ७ लाख ९ हजार ७ सय ८९ रुपैयाँ, ह्रासकट्टी तर्फ ३२ लाख ५८ हजार ४ सय ९१ रुपैयाँसहित कुल ३ करोड ८७ लाख २६ हजार एक सय ७१ रुपैयाँ खर्च भएको छ । प्रतिवेदनमा चालु आवमा पुँजीगत समेत ४ करोड ९४ लाख ४२ हजार २५ रुपैयाँ आम्दानी र ५ करोड ३३ लाख २९ हजार १ सय ६४ रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ ।
म्याग्दी क्याम्पसले त्रिभुवन विश्व विद्यालयबाट अर्न्तराष्ट्रिय शैक्षिक मापदण्ड अनुसारको गुणस्तर सुनिश्चितता प्रत्यायोजन (क्यूएए) मान्यता प्राप्त गरेको छ । क्याम्पस प्रमुख गोरखबहादुर जिसीका अनुसार हाल स्नातक र स्नाकोत्तर तहमा मानविकी, ब्यवस्थापन र शिक्षाशास्त्र तर्फ पहिलो वर्षमा एक सय ३६ जना, दोस्रो वर्ष एक सय ९७ (पुराना) तथा २ सय ५ (नयाँ), तेस्रो वर्षमा एक सय ७९ जना र चौंथो वर्षमा एक सय ९२ जनागरी कुल नौ सय नौ जना विद्यार्थी अध्ययनरत छन ।
संकाय अनुसार सवै भन्दा थोरै मानविकी संकायमा सवै तहमागरी जम्मा ३८ जना मात्र छन । ब्यवस्थापन तर्फ सवै तहकागरी ५ सय १५ छन । त्यस्तै विआइसिटिई तर्फ सवै तहमागरी २३ जना, स्नाकोत्तर एमविएस तर्फ ३३ र एम एड तर्फ जम्मा १७ जना विद्यार्थी छन ।


क्याम्पस प्रमुख जिसीका अनुसार स्नातक तर्फ २८ दशमलव १३ प्रतिशत, सेमिष्टर विआइसिटी तर्फ ३८ दशमलव ४६ प्रतिशत, सेमिष्टर एमविएस तर्फ ४३ दशमलव ५५ प्रतिशत र समग्रमा २९ दशमलव ६५ प्रतिशत उत्तिर्ण प्रतिशत रहेको छ । स्नाकोत्तर तहमा समग्रतामा ५६ दशमलव ४२ प्रतिशत उत्तिर्ण दर रहेको छ ।
‘म्याग्दी क्याम्पसमा भर्ना हुन आउने स्रोत विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक पाईदैन । स्रोत विद्यालयका कक्षा ११ र १२ मै विद्यार्थी संख्या हृवात्तै घटेको छ । त्यहाँबाट उत्तिर्ण राम्रो अङ्क ल्याएका विद्यार्थी अध्ययनकालागी विदेश जाने, त्यसपछिका काठमाण्डौ, पोखरा समेतका सहरमा जाने भए । पढ्नकालागी सहर झर्न नसकेका विद्यार्थी वल्न म्याग्दी क्याम्पसले पाउने हो । तिनै विद्यार्थीहरु मध्यपनि आधाबढी त विहान वेलुका जापानिज, कोरियान र आयल्स भाषा पढ्दै फुर्सदमा मात्र पढ्न आउने छन’ क्याम्पस प्रमुख गोरखबहादुर जिसीले भने, ‘बर्षेनी विद्यार्थी क्याम्पस प्रवेश संख्या र कक्षा निरन्तरतामा ठूलो समस्या छ । सवै विदेश र सहरका कलेजमा पुग्न नपाएका समेत सवै क्षेत्रबाट रोकिएका विद्यार्थी पढाएर पनि हामीले रिजल्टमा भने राम्रो गरिरहेका छौं ।’ प्रमुख जिसीले थपे, ‘जुन ग्रेड लिएर विद्यार्थी यो क्याम्पस छिरेको छ, क्याम्पस उत्तिर्ण गर्दा उस्को मार्कसिटको ग्रेड वृद्धी भएको छ ।’
क्याम्पस सभा तथा बार्षिकोत्सवको क्याम्पस हाता भित्र आयोजित एक समारोह विच गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायाात ब्यवस्था मन्त्री रेशम जुग्जालीले उद्घाटन गरेका थिए ।