FLASH NEWS
  • Loading...

जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १४६ पटक पढिएको
जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा

भाेली पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा  हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरू हुँदै छ ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीले विहिवार साँझ पत्रकार सम्मेलनगरी शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले जानकारी गराएका छन ।

प्रतियाेगितामा मार्सल, एथलेटिक्स र भलिवलका तर्फ महिला र पुरूष गरी ३६ स्वर्णकालागी जिल्लाका ६ पालिकाबाट छनाैट भै अाएका विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन । प्रतियाेगता एथलेटिक्स तर्फका सवै खेल खुल्ला मञ्चमा, भलिवलका खेल म्याग्दी क्याम्पसमा र अन्य सवै खेल कालीपुल स्थित कभर्ड हल र कालीपुल बास्केटवल काेर्टमा संञ्चालन हुने  प्रतियाेगिताकाे मुल अायाेजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशस् २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने छ ।

बेनी नगरपालिकासहित रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका र धवलागिरीमा सम्पन्न भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी यहाँ सहभागि हुनेछन् ।