FLASH NEWS
  • Loading...

मालिकामा थप ३ करोड तीस लाख र रघुगंगामा ५ करोड थप बजेट विनियोजन

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १२१ पटक पढिएको
मालिकामा थप ३ करोड तीस लाख र रघुगंगामा ५ करोड थप बजेट विनियोजन

म्याग्दीका मालिका र रघुगंगा गाउँपालिकाले बुधवार अा-अफ्ना हिउँदे अधिवेशन सम्पन्न गरेका छन ।

मालिका गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशनले थप तीन करोड ३० लाख रपैयाँ बजेट अनुमाेदन गरेको छ । गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपैयाँ विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा विनियोजन गरिएको हो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न अधिवेशनले गाउँपालिकाबाट सञ्चालित तीन वटा पुर्वाधार निर्माणयोजनाको लागि १२ लाख ३३ हजार रुपैयाँ,गत आर्थिक वर्षमा सञ्चालित क्रमागत ६ वटा ठेक्काका आयोजनालाई दुई करोड ९३ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी शिक्षातर्फ विभिन्न कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपैयाँ ८५ हजार ,नेपाल रेडक्रस सोसाइटी दरबाङ शाखालाई पाँच लाख रुपैयाँ ,सुरक्षित आप्रवासी स्रोत केन्द्रलाई दुई लाख पाँच हजार,न्यायीक समिति सञ्चालनको लागि एक लाख आठ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएकाे छ । अधिवेशनले गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले सभामा प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ । अधिवेशनमा वार्षिक कार्यक्रमको समिक्षा , गाउँपालिकाको १३ औैं गाउँसभाबाट स्वीकृत वार्षिक योजना तथा कार्यक्रममा संशोधन गरिएको छ ।

त्यसैगरी रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास निर्माणका पूर्वाधार निर्माणको क्षेत्रलाई प्राथमिकता दिएर बाँडफाँड गरिएको उल्लेख गरिएकाे छ ।

गाउँपालिकाभित्र अधुरा रहेका योजना, सडक मर्मत, विद्यालय पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको हाे । गत असारमा सम्पन्न १५ औँ गाउँसभाले रघुगंगामा चालु आर्थिक बर्ष २०८०/०८१ का लागी रु ४३ करोड ५७ लाख ८७ हजार छ सय बराबरको बजेट स्विकृत गरेको थियो । गाउँसभाबाट गाउँपालिकाको आर्थिक ऐन समेत संसोधन गरिएको छ ।