FLASH NEWS
  • Loading...

मंगला चौथो राष्ट्रपति रनिङ शिल्ड मंगला माविकाे कब्जा

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १३० पटक पढिएको
मंगला चौथो राष्ट्रपति रनिङ शिल्ड मंगला माविकाे कब्जा

मंगला गाउँपालिका विद्यालय स्तरीय चाैंथाे राष्ट्रपति रनिङ शिल्ड मंगला माध्यामिक विद्यालयले उचालेकाे छ ।

मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेसँगै मंगला माविले लगातार तीन पटक प्रतियाेगिता जितेर शिल्ड अाफ्नाे (पच) बनाएकाे छ ।

प्रतियाेगितामा ६ स्वर्ण,१२ रजत र ५ कास्य सहित २३ पदक जित्दै महेन्द्ररत्न मावि बरंजा दाेस्राे र ३ स्वर्ण,८ रजत १० कास्य सहित २१ पदक जितेर दिपशिखा मावि कुहुँले तेस्राे स्थानमा चित्त बुझाएका छन ।  प्रतियोगितामा बिजेता विद्यालयलाई  प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगायतले ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

मंगला गाउँपालिकाका सूचना अधिकृत राजेन्द्र अाचार्यका अनुसार तियोगितामा शारदा मावि २ स्वर्ण,१ रजत ३ कास्य, शिशु कल्याण मावि २ स्वर्ण, २ कास्य, जनजागृति मावि पूर्णगाउँ १ स्वर्ण,२ रजत, २ काँस्य पदक, भित्रुवन मंगला मावि १ स्वर्ण, १ रजत र १ काँस्य, डनिङ बोर्डिङ २ रजत, ४ काँस्य पदक र किसानी आधारभुत विद्यालयले १ काँस्य पदक जितेका छन ।