FLASH NEWS
  • Loading...

म्याग्दीका गाउँमा घरपालु रक्सी संरक्षण गर्न, कारखानाकाे मदिरा निषेध

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • १८१ पटक पढिएको
म्याग्दीका गाउँमा घरपालु रक्सी संरक्षण गर्न, कारखानाकाे मदिरा निषेध

जिल्लाका केही गाउँहरुमा घरेलु मदिराको प्रर्वद्धन र सीप संरक्षण गर्न शहरिया बोटलवन्द मदिरा विक्रि वितरणमा पूर्ण रोक लगाएका छन । रघुगंगा गाउँपालिका, ४ झिं र ७ चिमखोलाले पछिल्लो एक वर्षदेखी (सहरबाट ल्याईएका वियर, हुस्की, रम, भोड्का समेतका सवै बोटलवन्द) मदिरा गाउँमा विक्रि तथा सेवनमा रोक लगाएका छन ।
‘हाम्रा गाउँघरका धेरै सामाजिक संस्कारहरु, ब्यवस्था र सामुदायीक मुल्यमान्यताहरु समुदाय आफैले निर्धारण गर्छन । हामी जनप्रतिनिधी र वडा कार्यालयले कानुनी प्रकृयाका काम मात्र गर्छौ’ रघुगंगा गाउँपालिका, ४ झिंका वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले भने, ‘हामीले कुनै वस्तु किन्न वा वेच्न रोक लगाउन मिलेन । तर समुदायले प स्थानीय उत्पादनको मुल्य निर्धारण गर्ने, खेतीपाती र चरन ब्यवस्थापन गर्ने, रितीथिती कायम गर्दै आएका छन । गत वर्षदेखी वोटलवन्द सहरिया मदिरा विक्रि र सेवनमा रोक्नुको साथै रक्सी सेवनको पनि नियम बनाएका छन ।’
जिल्लाका माथिल्लो भेगका मगर बाहुल्य बस्तीमा रीतिस्थिती तथा स्थानीय बजार ब्यवस्थापन गर्न वस्तु तथा सेवाको दरभाउ परम्परादेखी आफैले निर्धारण गर्दै आएका छन । वस्ती अनुसार गाउँसभाले बर्ष भरीकालागी स्थानीय उत्पान तथा रितिस्थिती निर्धारण गर्दै गरेका छन । सभाले हरेक वर्ष स्थानिय तहमा मुल्य तथा ज्यालादरमा एक रुपपता ल्याउन स्थानीय दरभाउ निर्धारण गर्ने गरेका छन । वस्तु तथा सेवाको मुल्य भने वस्ती अनुसार फरक–फरक हुने गरेको छ ।

‘परम्परा देखी नै गाउँमा वस्तु, सेवा तथा रितीस्थितीको दरभाउ र विधी विधान निर्धारण गर्दै आएका छौं’ अन्नपूर्ण गाउँपालिका, १ दोवाका वडाध्यक्ष दीलिप गर्वुजाले भने, ‘हरेक घरको प्रत्यक्ष सहभागीतामा स्थानीय वस्तु तथा सेवाको दरभाउ निर्धारण भएपछि मुल्यको एकरुपता कायम भएको छ, आफ्नो उत्पादनले मुल्य पाउन सजिलो भएको छ ।’
त्यसैगरी जिल्लाको उत्तरी भेगका रघुगंगाका बेग, चिमखोला र अन्नपूर्ण गाउँपालिकाका हिस्तान, औला, राम्चे समेतका मगरबाहुल्य वस्तीमा परम्परादेखी हरेक वर्ष स्थानिय तहमा मुल्य तथा ज्यालादरमा एक रुपता ल्याउन दरभाउ निर्धारण गर्ने प्रचलन छ । हरेक वस्तीमा गाउँपालिका, वडा कार्यालय, प्रहरी कार्यालय समेतका राज्यका संयन्त्र बाहिर समुदायको छुट्टै रीतिस्थिति व्यवस्थापन समितिले मुल्य निर्धारण गरी वडा कार्यालय मार्फत अनुमोदन गर्ने प्रचलन छ ।
‘गाउँमा वन कहिले खोल्ने/बन्द गर्ने, सामुदायीक कामको जनश्रमदान, पुजाआजा र गाउँका मेलापर्वको ब्यवस्थापन गर्न परम्परादेखी रितिस्थिती समिति मार्फत सामाजिक काम गर्ने गरेका छौं’ रघुगंगा गाउँपालिका, ७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाईजाले भने, ‘गाउँ सभाले गत वर्षदेखी नै चिमखोलामा गाउभेलाले बाहिरबाट ल्याएका घरेलु रक्सीबाहेक शिलवन्दी वा अन्य वोटलका रक्सी किनवेच गर्न र सेवनमा रोक लगाएको छ । जस्ता पाहुना आएपनि उनीहरुले स्थानीय रक्सी नै सेवन गर्नु पर्छ, वियर, हृवस्की खोजेर पाईन्न ।’ वडाध्यक्ष पाईजाले भने, ‘चिमखोलामा ६–६ महिनामा उधौली र उभौलीको बैठकबाट स्थानीय दरभाउ निर्धारण, रितिथिती कायम गर्ने र विचमा कुनै समस्या आए त्यसमा पुनःमुल्याङकनको काम पनि यही गाउँसभाले निर्धारण गर्दै आएको छ । जनप्रतिनिधीहरु त कानुनी प्रकृयामा जानु पर्ने काम बाहेक सामाजिक सवै भुमिका समुदायको अगवाले गर्छन ।’