FLASH NEWS
  • Loading...

अाजदेखी सन् २०२४ सुरू

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • २६ पटक पढिएको
अाजदेखी सन् २०२४ सुरू

ग्रेगोरियन पात्रोअनुसार इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात भएको मानिन्छ।

पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने र एकापसमा शुभकामना साटासाट गरी मनाउने गरिएको छ।

नेपालीहरूका सामाजिक संञ्जालभरी नयाँ वर्षकाे शुभकामना साटासाटसँगै नेपाली टाेपी दिवस भन्दै नेपाली भादगाउँले/ढाका टाेपी लगाएकाे फाेटाे पाेष्ट गर्नेकाे पनी उत्तिकै संख्या बढेकाे छ ।