FLASH NEWS
  • Loading...

मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १३७ पटक पढिएको
मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मंगला गाउँपालिकाको वडा नम्बर ५ स्थित पिपलबाेटकाे म्याग्दीखाेला छेउकाे कैलाशफाँट खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले एक समाराेहवीच उद्घाटन गरे ।

छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश ः ३० हजार र २० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।