FLASH NEWS
  • Loading...

मालिका राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १०८ पटक पढिएको
मालिका राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई

गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले उचालेकाे छ ।
शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै किसानी माविले दाेस्राे वर्ष पनि उपाधी उचालेकाे हाे ।
आठ स्वर्ण ,चार रजत र सात कास्य पदक हात पारेको वडा नम्बर ६ स्थित जनप्रिय माविले दाेस्राे र पाँच स्वर्ण ,६ रजत र ६ कास्य पदक जित्दै भिम मावि तेस्राे भएका छन ।।

प्रतियोगिताकाे विजेता  किसानी माविले ८० हजार रुपैयाँ नगद सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र,द्धितिय भएको जनप्रिय माविले ६० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय भएको भिम माविले ४० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारे । पालिका अध्यक्ष बेगप्रसाद गर्वुजा, उपाध्यक्ष लक्षमी घर्तिसमेतले पुरस्कार वितरण गरेका थिए ।

पालिकाका शिक्षा अधिकृत अशाेक  रिजालका अनुुसार प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिएको थियो । प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयले सहभागिता जनाएका थिए ।

तस्वीर ः करण कँडेल, किसानी मावि