FLASH NEWS
  • Loading...

दवाव छल्न प्रसारण लाईन परिक्षण, रातोढुङ्गा सवस्टेसनको मुख्य काम बाँकी

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १८५ पटक पढिएको
दवाव छल्न प्रसारण लाईन परिक्षण, रातोढुङ्गा सवस्टेसनको मुख्य काम बाँकी

स्थानीयको दवाव छल्न प्रसारण लाईनको परिक्षण सुरु गरेको बताएका ठेकेदार कम्पनी ए टु जेड इन्जिनियरिङले रातोढुङ्गा रहेको सवस्टेसनको मुख्य काम भने अझै बाँकी छ । ठेकदारको लापरवाही र अति ढिलासुस्तीले मालिका गाउँपालिका, ६ रातोढुङ्गा (दरवाङ्ग)मा ३३/११ केभि सवस्टेसन निर्माण चार वर्षदेखी विलम्ब भैरहेको छ ।
पर्वतको जलजला गाउँपालिका, ४ मिलनचोकबाट २२ किलोमिटर पश्चिम म्याग्दीको मालिका गापा, ६ रातोङ्गासम्म ३३ केभी प्रसारण लाईनको अघिल्लो विहिवारदेखी परीक्षण भैरहेको छ । तर सवस्टेसन भित्र हुने ट्रान्सफर्मर र ब्रेकरको काम सुरु हुन सकेको छैन ।
‘रातोढुङ्गा (दरवाङ) सवस्टेसन म मातहतको प्रोजेक्ट हैन । तर मलाई के थाहा छ भने मिलनचोक–रातोढुङ्गा २२ किमी लामो ३३ केभी लाईनको परिक्षण भैरे बाहेक सवस्टेनको अन्य काम भैरहेको छैन’ नेपाल विधुत प्राधिकरण म्याग्दी केन्द्र प्रमुख प्रताप बरालले भने, ‘सवस्टेसनमा रहने ट्रान्सफर्मरहरु जडान तथा परिक्षण गर्ने, ३३ केभीबाट ११ केभिएमा कन्भर्ट गर्न राखिने ब्रेकरहरु राख्ने र परिक्षणको काम बाँकी छ ।’ प्रमुख बरालले थपे, ‘जिल्लाको पश्चिम भेगमा प्रसारण लाईन परिक्षणमा फल्ट आउने गरेकोले विधुत नियमित गर्न सकेका छैनौं ।’
जिल्लाको पश्चिम क्षेत्रका मंगला, मालिका र धौलागिरी गाउँपालिका क्षेत्रमा केन्द्रीय प्रशारण लाईनको विजधुत आपूर्ति सहज बनाउन विधुत प्राधिकरणको आयोजना ब्यवस्थापन निर्देशनालय टेकु अर्न्तगतको विधुत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले विस ०७५ पुस भित्र सम्पन्न गर्नेगरी राकेश अग्रवाल संञ्चालक रहेको ए टु जेड इन्जिनियरिङलाई ०७३ सालको सुरुमै ठेक्का दिएको थियो ।
आयोजनाका अनुसार सवस्टेसनको सिभिल तर्फ कन्ट्रोल विल्डिङ, स्टाफ विल्डिङ र स्वीचार्ड गरी तीन संरचना तथा इलेक्ट्रिक तर्फ पर्वत जललजा गापाको मिलनचोक सवस्टेसनबाट बेनी पश्चिम २२ किमी लामो ३३ केभी प्रशारण लाईन, उपकरण जडान तथा मालिका गापाको रुम, देविस्थान समेत २५ किमीबढी वितरण लाईन एवं १२ वटा ११ केभीए क्षमताका ट्रान्सफर्मर जडान गर्ने गरी एटुजेडले ८ करोडमा ठेक्का लिएको हो ।
सवस्टेसन निर्माण गरिरहेको ए टु जेड इन्जिनियरिङले भने जनवरीसम्म सवस्टेसनमा ट्रान्सफर्मर र ब्रेकरको समेत परिक्षण पुरा गर्ने बताएको छ । रातोढुङ्गा सवस्टेसनबाट ११ केभिको ६० किमी लामो वितरण लाइनबाट ११ केभी फिडर लाईनले एक सय ५० सयबढी सानाठूला ट्रान्सफर्मरको लोड बहन गर्ने छ ।