FLASH NEWS
  • Loading...

मुक्ति राेकाले गरे नेत्रज्याेती संघलाइ बेनीमा जग्गादान

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ९१४ पटक पढिएको
मुक्ति राेकाले गरे नेत्रज्याेती संघलाइ बेनीमा जग्गादान

मालिका गाउँपालिका, ६ दिच्याम पुख्यौली घर भै हाल पोखरा माटेपानीमा बसोवास गर्दै आएका नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका संस्थापक सदस्य एवं पूर्व सभापति मुक्ति रोका र पत्नी यामकुमारी राेकले नेत्र ज्याति संघ म्याग्दीलाई सदरमुकाम बेनीको ७ आनाबढी जग्गा दान गरेका छन ।
रोकाले बेनी नगरपालिका, ८ बेनीको गणेशटोलदेखी तल कालीपुल झर्ने बाटोमा पर्ने ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा शुक्रवार मालपोत कार्यालय म्याग्दीबाट नेत्र ज्याति संघको नाममा रजिष्ट्रेसन पास दिएका हुन ।


बेनी नगरपालिकाले ताकेको जग्गाको मापदण्ड अनुसार रोकाले दान गरेको जग्गाको न्यूनतम मुल्य ४६ लाख ५० हजार कायमगरी मालपोत कार्यालयमा रजिष्ट्रेसन गरिएको संघका अध्यक्ष अमर बानियाँले बताए । बानियाँका अनुसार उक्त जग्गाको अहिले बजार मुल्य दुइ करोड हाराहारी पर्छ ।

अाफुलाइ म्याग्दीमा कम्युनिष्ट पार्टीकाे संस्थापक अध्यक्ष दावी गर्ने राेका पञ्चायतबाट संसदीय राजनिती थालेका थिए । विद्राेही स्वभावका राेकाले बाबा श्यामलाल राेका विरूझ दरवाङ गाउँपञ्च्यायतकाे प्रधानपञ्च जितेर संसदीय राजनितीमा छिरेका थिए । छाेरा मुक्ती जनपक्षिय उम्मेदवार बाबु श्यामलाल पञ्चायत पक्षबाट उम्मेदवार बनेका थिए । बाबु-छाेराकाे राजनितिक प्रतिस्पर्धा कति सम्म थियाे भने बाबु श्यामलाले नै तत्कालिन अञ्चलाधिसलाइ छाेराे कम्युनिष्ट भएकाे र दुख दिएकाे भन्दै पक्राउ गर्न पत्राचार गरेका थिए ।

राेका जीवनको उत्तरार्धमा नेपाल मगर संघ, म्याग्दी अस्पताल विकास समितिकाे अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटीकाे सभापती समेतका सामाजिक संघसंस्थामा रहेर सामाजिक काममा सकृय थिए । रोकाकै सकृयतामा हिमालय आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा रेडक्रस मार्फत जिल्लामा आँखा उपचार केन्द्र स्थापना गरेका थिए । उक्त आँखा उपचार केन्द्र हाल नेत्र ज्योती संघ मातहत संञ्चालनमा छ । आफ्नै पहलमा स्थापना गरेको आँखा उपचारलाई थप ब्यवस्थित र सुविधायुक्त बनाउन उपचार केन्द्र भवन बनाउने प्रयोजनकालागी उक्त जग्गा दान गरेका हुन ।