FLASH NEWS
  • Loading...

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १२९ पटक पढिएको
मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिका केन्द्र रहेकाे दरवाङ स्थित जनप्रिय माविमा सुरु भएको छ ।

बिहिबार देखि सुरु प्रतियोगिताको स्थानीय जेष्ठ नागरिक बलमान रोका मगरले उद्घाटन गरे । प्रतियोगितामा ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिने गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्वुजाले बताए।

प्रतियोगितामा विजेता विद्यालयले ८० हजार, उपविजेताले ६० हजार र तृतिय हुने विद्यालयले ४० हजार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उद्घाटन खेल स्वरुप आयोजित १५ सय मिटर दौडमा छात्रतर्फ किसानी मावि विमले स्वर्ण, जनप्रीय मावि दरवाङले कास्य र भिम मावि देविस्थानले रजत पदक जितेको छ । त्यस्तै छात्रातर्फ किसानी मावि विमले स्वर्ण, भिम माविले कास्य र जनप्रीय माविले रजत पदक जितेको छ ।