FLASH NEWS
  • Loading...

गौवमवस्त माविले जित्याे करबीर मेमोरियल कप उपाधी

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १४९ पटक पढिएको
गौवमवस्त माविले जित्याे करबीर मेमोरियल कप उपाधी

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको आयोजनामा मंगलवार सम्पन्न सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिताको उपाधी देविस्थानको गौवमवस्त माविले जितेको छ ।

विद्यालयको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित सातौं करबीर मेमोरियल फुटसल प्रतियोगितामा गौवमवस्त माविले आयोजक के.वि एकेडेमी ‘ए’ लाई पराजित गर्दै विजेता बन्न सफल भएको हो ।

प्रतियोगितामा विजयी वन्न सफल गौवमवस्त माविले रु ३० हजार,तीनसय,३० नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता बनेको के.वि एकेडेमीले रु २० हजार,दुईसय,२२ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सोही अवसरमा आयोजित महिला फुटबलतर्फ जनप्रिय टोल विकास महिला समूह विजेता बनेको छ । शान्ति टोल महिला समूह र जनप्रिय टोल महिला समूह विच भएको फाइनल खेलमा पेनाल्टी सुट आउटमा अग्रता लिँदै जनप्रिय टोल विजेता बन्न सफल भएको हो । महिला फुटबलमा विजेता बन्न सफल जनप्रिय टोल महिला समूहले नगद रु नगद रु १२ हजार १२ र उपविजेता शान्ति टोल महिला समूहले रु ७ हजार ७ का साथै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी अन्तरमावि फुटसल प्रतियोगितामा वेष्ट टिमको उपाधी न्यू वेष्टप्वाइन्ट,सर्वाधिक गोलकर्ता (१६ गोल) न्यू वेष्ट प्वाइन्ट कै खेलाडी समन थापा,वेष्ट गोलकिपर गौवमवस्त मावि,वेष्ट डिफेन्डर के.वि एकेडेमी,वेष्ट प्लेयर गौवमवस्त माविका खेलाडीले जित्न सफल भए ।