FLASH NEWS
  • Loading...

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १८६ पटक पढिएको
अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाे अन्तर मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यामिक विद्यालय नारच्याङले  हात पारेकाे छ ।

अन्नपुर्ण गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ६ कास्य सहित २१ पदक सहित प्रभा माविले उपाधि हात पारेको हो । प्रभा मावि गत वर्षको पनि बिजेता हो ।

प्रतियोगितामा ८ स्वर्ण,४ रजत र २ कास्य सहित १४ पदक जित्दै मुक्ति मार्ग मावि घार दाेस्राे भएको छ । त्यस्तै ६ स्वर्ण,११ रजत ४ कास्य सहित २१ पदक जितेर शिख मावि शिख तेस्राे बनेकाे छ ।

बिजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भारत कुमार पुन,उपाध्यक्ष दिवा कुमारी तिलिजा, स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामी,प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले पुरस्कार वितरण गरे ।

कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५\१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।