FLASH NEWS
  • Loading...

जिल्लास्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता पुस २० र २१ गते

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १९० पटक पढिएको
जिल्लास्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता पुस २० र २१ गते

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही पुस २० र २१ गते जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ।

जिल्लाका ६ वटै पालिकाबाट विभिन्न विद्याका छनोट भएका उतकृष्ट खेलाडी सहभागि हुने जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हो । बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथ्लेटिक्ससमा पालिकास्तरीयबाट सहभागि विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा हुने छ।

प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमश : २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन । अध्यक्ष केसीका अनुसार स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने छ ।