FLASH NEWS
  • Loading...

आमाबाबुको सम्झनामा एक करोड राशीको ‘कविराज–कलमती स्मृति’अक्षय कोष स्थापना

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २१७० पटक पढिएको
आमाबाबुको सम्झनामा एक करोड राशीको ‘कविराज–कलमती स्मृति’अक्षय कोष स्थापना

जिल्लाको अन्नपूर्ण गाउँपालिका, ५ शिख पुख्यौली थलो भै हाल पोखरामा बस्दै आएका सुवेदार मेजर डिल्लीराज गर्वुजा, बेलायतमा बसोबास गर्ने भाई क्याप्टेन उमेश र दानबहादुर गर्वुजाले स्व. बाबु कविराज र स्व. आमा कलमति गर्वुजाको स्मृतिमा एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेका छन ।
अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट अन्नपूर्ण गापा, ५ सावि शिख गाविसका शिख, किन्दु, फलाटे, स्वाँता क्षेत्रमा शिक्षा, कृषी, खेलकुद, पशिुपालन क्षेत्रमा उत्कृष्ट योगदान दिएका ब्यक्तिलाई हौसला बढाउन पुरस्कृति गरिने भएको कोषका स्थापक डिल्लीराज गर्वुजाले बताए ।
‘कविराज–कलमती स्मृति अक्षय कोष’ को ब्याजबाट प्राप्त ४ लाख मध्यबाट पहिलो वर्ष शिक्षा तर्फ शिख माविबाट गत एसइइ उत्कृष्ट रेश्मा बि.क.लाइ  रु.१५ हजार र कक्षा १२ उत्कृष्ट दृष्टी पुर्जालाइ नगद  १५ हजार प्रदान गरिएकाे छ । अक्षय काेषकाे पुरस्कार वितरण गर्न गर्वजा परिवार गत हप्ता शिख अाएकाे हाे ।

त्यसैगरी कृषि  तर्फ सबैभन्दा बढी आलु उत्पादन गरेका तल्लो शिखकी नरमति तिलिजा पुन, उपल्लो शिखका गंगालाल तिलिजा,  फलाटेका चन्द्र बहादिर फगामी, स्वांतका नरजित तिलिजा र किन्दुका चन्द्र बहादुर सुनारलाइ जनही १५–१५ हजारकाे दरले पुरस्कृत गरियाे । पशुपालनमा (बाख्रापालन) शिखका तेसराम पुर्जालाइ , तरकारी तर्फ सागकाे वीउ उत्पादनमा कुटुकाका यामबहादुर गर्वुजा र फलाटेकी अंकु पुर्जा र  माछा पालनमा स्वाँताका गाेविन पुर्जालाइ जनही १५–१५ हजार नगद रूपैयाँले पुरस्कृत गरिएकाे थियाे ।

त्यस्तै, खेलकुद तर्फ १८ बर्षमुनीका खेलाडीहरू क्रमश ः सुजन पिरयार (तल्लाे शिख), हेमन परियार (उपल्लाे शिख), सुदिप बरूवाल (उपल्लाे शिख), अर्जुन सुनार (किन्दु) र विन राना टिम काेचलाइ जनही ५–५ हजार र महिला भलिवलकी हेमा पुन (शिख)लाइ पनि ५ हजार नगदसहिद पुरस्कृत गरिएकाे शिखका शिक्षक खेम पुनले बताए । साेही अवसरमा  ४ परिवारलाइ सुधारिएकाे चुल्हाे  तथा शिख माध्यामिक विद्यालयका विद्यकाथीलाइर कापी, कलम, खेलकुद समाग्री तथा गत वर्ष राष्ट्रपति शिल्ड प्रतियाेगितामा ब्यक्तिगत तथा सामुहिक दुवै तर्फ विजयी खेलाडीलाइ पनि छुट्टै पहिलाे, दाेस्राे र तेस्राे हुने २७ जनालाइ प्राेत्साहन स्वरूप ३ हजार, दुइ हजार र १ हजार नगद प्रदान गरिएकाे थियाे ।