FLASH NEWS
  • Loading...

जलजला गाउँपालिकालाई प्याजमा आत्मनिर्भर बनाइने

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २०५ पटक पढिएको
जलजला गाउँपालिकालाई प्याजमा आत्मनिर्भर बनाइने

पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ ।

जलजला गाउँपालिकालाई प्याजमा आत्मनिर्भर बनाउन पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्था मार्फत तीन हजार ४ सय परिवार किसानलाइ पाँच सयका दरले प्याजका बेर्ना वितरण थालेको हो ।

बजारमा प्याजको मुल्यमा निरन्तर वृद्धि भएका कारण किसानको भान्सा महंगो पर्दै गएकाले किसानले आफुलाई आवश्यक पर्ने प्याज आफै उत्पादन गर्नसकुन भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष राजी अाचार्यले बताए । ‘‘जलजला कृषि उत्पादनमा राम्रो संभावना भएको पालिका भएकाले कृषि उपजमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’’ पालिका अध्यक्ष अाचार्यले बताए ।