FLASH NEWS
  • Loading...

रघुगंगा राष्ट्रपति रनिङ शिल्डमा रघुगंगाकाे कब्जा

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १९७ पटक पढिएको
रघुगंगा राष्ट्रपति रनिङ शिल्डमा रघुगंगाकाे कब्जा

रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले लगातर चाैंथाे पटक  हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो ।

यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ शिल्ड पच गराएको रघुगंगा माविले उपाधीमा रेकर्ड नै बनाएको छ ।

११ विद्यालय सहभागी रहेकाेा प्रतियोगितामा ७ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित मुक्तिधाम मावि द्धितिय र ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित अमर मावि पाखापानी तृतीय हुन सफल भएका छन् ।

प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । दोस्रो र तेस्रो हुने विद्यालय क्रमश नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत भएका छन् ।