FLASH NEWS
  • Loading...

धवलागिरीमा चाैंथाे राष्ट्रपतिकप सुरू

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २०४ पटक पढिएको
धवलागिरीमा चाैंथाे राष्ट्रपतिकप सुरू

धवलागिरी गाउँपालिका, ७ सिवाङ स्थित हेम माध्यामिक विद्यालयमा चाैंथाे धवलागिरी गाउँपालिका स्तरिय अन्तर माध्यामिक विद्यालय राष्ट्रपति शिल्ड खेलकुद प्रतियाेगिता सुरू भएकाे छ ।

प्रतियाेगिताकाे साेमबार प्रतिनिधी सभा सदस्य खमवीर गर्वुजाले एक समाराेह वीच उद्घाटन गरे । धवलागिरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदीका अनुसार छात्र, छात्रा भलिवल र एथलेटिक्स तर्फका खेलहरू मात्र समावेस गरिएकाे प्रतियाेगितामा पालिकाभरीका ११ वटा माध्यामिक विद्यालयबाट सहभागिता रहेकाे छ ।

प्रतियाेगितामा पहिलाे हुने टिमले राष्ट्रपति रनिङ शिल्ड, मेडल, प्रमाणपत्र तथा ६० हजार नगद पुरस्कार जित्ने छन । त्यस्तै, दाेस्राे र तेस्राे हुने विद्यालयले मेडल, प्रमाण पत्रसहित क्रमशः नगद ४० र ३० हजार जित्ने छन ।