FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिकाले दुर्गमका वडामै पुगेर योजना सम्झौता गर्दै

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २६३ पटक पढिएको
अन्नपूर्ण गाउँपालिकाले दुर्गमका वडामै पुगेर योजना सम्झौता गर्दै

अन्नपूर्ण गाउँपालिकाले दुर्गम र टाढाका वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ ।

चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो । अन्नपुर्ण गाउँपालिका उपाध्यक्ष दीवा तिलिजाका अनुसार उपभोक्ता समितिसँग योजना सम्झौता गर्न गाउँपालिकाका कर्मचारी, प्राविधिक र बैंकका कर्मचारीहरु वडामा पुगेर याेजना सम्झाैता, बैंक खता संञ्चालन गराइएकाे थियाे । पालिकाले सवैभन्दा टाढाका ८ नम्बर वडा रहेकाे राम्चेबाट सेवा सुरू गरेकाे छ ।

वडा मै याेजना सम्झाैता तथा बैंककाे खाता खाेल्ने समेतका सुविधा पुग्दा अार्थिक तथा समयकाे समेत बचत भएकाे भन्दै उपभाेक्ता खुसी भएका छन ।

उपभाेक्ता फासबहादुर गर्वुजाले सामाजिक संञ्जाल फेसवुकमा स्टाटस लेखेर भनेका छन, पालिकाबाट गाउँमै अाएर गरिएकाे घुम्ती शिविरबाट साँच्चै सिंहदरवारकाे सेवा गाउँमै अाएकाे महसुस भयाे । उपभाेक्ताले धेरै सुविस्ता पाएका छन ।

योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च व्यक्तिगत रुपमा व्यहोर्नु पर्ने थियो ।

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, वरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरेबगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली योजना सम्झौता शिविर लिएर आइतबार वडा नम्बर ८ राम्चे पुगेको थियाे। वडामा पुगेको पालिकाको टोलीले  उपभोक्तलाई योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापन सम्बन्धी तालिम पनि दिएको छ ।