FLASH NEWS
  • Loading...

चौथो बेनी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १५३ पटक पढिएको
चौथो बेनी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

|उद्घाटन कार्यक्रम

म्याग्दी सदरमुकाम बेनीमा चौथो बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियाेगिताकाे विहिवार बेनी खुल्ला मञ्चमा एक समाराेह विच प्रतिनिधी सभा सदस्य खमबहादुर गवुर्जाले उद्घाटन गरे ।

विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागीता रहेपनी छात्रा भन्दा छात्रहरूकाे सहभागीता बढी छन । छात्रा भलिवलमा सहभागिता न्यून छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न ३७८ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजेतालाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिने अायाेजक बेनी नगरपालिकाले जनाएकाे छ । त्यस्तै, प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा ४ विद्यालयले सहभागीता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रा तर्फ ६÷६ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ । एथलेटिक्सतर्फ २५र कँरातेमा ४ विद्यालयले सहभागीता जनाएका छन् । तेक्वान्दो खेलमा छात्रतर्फ १०र छात्रा ४ विद्यालय, उस्सु खेतमा छात्रातर्फ ५ र छात्रतर्फ ४ विद्यालयले सहभागीता जनाएका छन् ।