FLASH NEWS
  • Loading...

अन्तर मावि हाँजिरीजवाफ प्रतियाेगितामा न्यूवेष्टपाेइन्ट पहिलाे

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ३४७१ पटक पढिएको
अन्तर मावि हाँजिरीजवाफ प्रतियाेगितामा न्यूवेष्टपाेइन्ट पहिलाे

बेनी स्थित लिटल गार्डेन एकेडेमीले २० अाैं वार्षिकाेत्सवकाे अवसरमा बुधवार अायाेजित तेस्राे जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय रनिङ हाजिरीजवाफ प्रतियाेगितामा न्यू वेष्ट पाेइन्ट अावसिय मावि पहिलाे भएकाे छ ।

प्रतियाेगितामा अायाेजक लिटल गार्डेन एकेडेमी दाेस्राे र पाेलत्स्य माध्यामिक विद्यालय तेस्राे भएका छन । प्रतियाेगितामा विजयी टिम/विद्यार्थीलाइ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए ।

विद्यालयका प्रिन्सिपल दिपक सुवेदीका अनुसार प्रतियाेगितामा जिल्लाका ११ विद्यालयबाट सहभागिता रहेकाे थियाे ।