FLASH NEWS
  • Loading...

हिउँदे वर्षा सरदर भन्दाबढी र तापक्रम औषत भन्दा तल झर्ने

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २५१ पटक पढिएको
हिउँदे वर्षा सरदर भन्दाबढी र तापक्रम औषत भन्दा तल झर्ने

यस वर्ष हिउँदमा देशका अधिकांश भु–भागमा सरदर भन्दाबढी बर्षा हुने संभावना रहेको छ ।
जल तथा मौषम विज्ञान विभागले हालै सार्वजनिक गरेको ०८० मंसिर १५ गतेदेखी फागुन १७ गतेसम्मको हिउँदे वर्षाको पूर्वानुमान अनुसार सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उत्तरपूर्वी भागमा सरदर भन्दा बढी वर्षा हुने संभावना ५५ देखी ६५ प्रतिशत छ ।
सुदुरपश्चिम प्रदेशको पुर्वी तथा दक्षिणी भाग, कर्णाली प्रदेशका दक्षिणी भाग, गण्डकी प्रदेश, बाग्मती प्रदेशको उत्तरपश्चिमभाग र कोशी प्रदेशको उत्तरपूर्वी भागमा सरदर भन्दाबढी बर्षा हुने संभावना ४५–५५ प्रतिशत रहेको छ । लुम्बनी प्रदेश, बाग्मती प्रदेशको मध्य तथा दक्षिण र मधेश प्रदेशको पश्चिम तथा कोशी प्रदेशको उत्तरपश्चिम भागमा सरदरभन्दाबढी बर्षा हुने संभावना ३५ प्रतिशत रहेको छ ।


त्यसैगरी कर्णाली प्रदेशका दक्षिणपूर्वी भाग, लुम्बिनीको उत्तरपश्चि भाग, गण्डकी प्रदेशको उत्तरपश्चिम भागमा न्यूनतम तापक्रमपनि सरदरभन्दा तल झर्ने संभावना ५५ प्रतिशत छ । गण्डकी प्रदेशको दक्षिणी भाग, बाग्मत िप्रदेशको पश्चिम मधेशको पूर्वी तथा पश्चिम भाग र कोशी प्रदेशको दक्षिण भागको हिउँदे तापक्रम भने सदरभन्दा बढी हुने संभावना ५५ प्रतिशत छ ।