FLASH NEWS
  • Loading...

२१ औँ जेसीज कपको उपाधि वेष्ट पोइन्टलाई

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २६८ पटक पढिएको
२१ औँ जेसीज कपको उपाधि वेष्ट पोइन्टलाई

आइतबार सम्पन्न २१ औँ अन्तर मा.वि स्तरीय म्याग्दी जेसीजकप फुटबल प्रतियोगिताको उपाधी न्यू वेष्ट पोइन्ट आवासीय माविले हात पारेको छ ।

बेनी खेलमैदानमा भएको फाइनलमा माउन्ट एभरेष्ट आवासीय मावीलाई ६ का विरुद्ध सात गोल गर्दै वेष्ट पोइन्ट च्याम्पीएन बनेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै तर्फबाट गोल नभएपछि खेल ट्राइब्रेकर सुटआउटमा धकेलिएको थियो । बिजेतालाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले जेसीजकप, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु. ३२ हजार २२२ पुरस्कार प्रदान गरे ।

वेष्ट पोइन्टले यसपाली सहित छैटो पटक जेसीजकपको उपाधी जितेको हो । माउन्टले चार पटक जेसीजकप जितेको थियो । न्यु वेष्ट पोइन्टका पवन खत्री उत्कृष्ट खेलाडी, सिद्धार्थ पाईजा उत्कृष्ट गोलरक्षक र दिपेन राईले उत्कृष्ट प्रशिक्षकको उपाधी पाए । थापाले प्रतियोगिता अवधिभर ९ गोल गर्नुभयो ।

माउन्टका शुशिल पुन राइजिङ प्लेयर, सनम बिक उत्कृष्ट स्ट्राइकर, बेनी बोर्डिङका अनिश भण्डारी उत्कृष्ट मिडफिल्डर र वेनी सामुदायिक माविका अविनास बोहोराले उत्कृष्ट डिफेण्डरको उपाधी पाए। अनुशासित टिमको उपाधी सहित हेम नमुना आवसीय मावि शिवाङले नगद रु. पाँच हजार पुरस्कार पाए ।