FLASH NEWS
  • Loading...

ऊर्जामन्त्रीले गरे राहुघाट आयोजनाकाे निरिक्षण

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २४६ पटक पढिएको
ऊर्जामन्त्रीले गरे राहुघाट आयोजनाकाे निरिक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाकाे स्थलगत निरिक्षण गरी अायाेजनाकाे कामलाई गति दिन निर्देशन दिएका छन।

मन्त्री बसस्नेत शनिबार विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ लिएर रघुगङ्गा गाउँपालिका ३ तिल्केनीचौरस्थित विद्युतगृह निर्माणस्थलको अवलोकन गर्न  पुगेका थिए । मन्त्री बस्नेतलाई रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको प्रगतिको विवरण टिपाए । आयोजनाको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइएकाे थियाे।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको ६ हजार २७० मिटर लामो सुरुङ मध्य ६ सय ९७ मिटर सुरुङ खन्न बाँकी रहेको प्राेजेक्ट म्यानेजर राजबहादुर विष्टले बताए । अबको ६ देखि ८ महिनाभित्रमा सुरुङको ब्रेकथ्रु हुने बताइएकाे छ ।

आयोजनाको बाँधस्थल रघुगङ्गा ४ दग्नाम र वडा नम्बर ५ झिँको सिमाना बुग्लमा छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ अगाडि बढाएको छ । डेढ वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणको कामलाई गति दिइएको आयोजनाले जनाएको छ ।