FLASH NEWS
  • Loading...

‘अर्थतन्त्र कमजोर हुँदा देश अफ्ठ्यारो अवस्थामा’ अध्यक्ष अाेली

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ११७ पटक पढिएको
‘अर्थतन्त्र कमजोर हुँदा देश अफ्ठ्यारो अवस्थामा’ अध्यक्ष अाेली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधवार साँझ गलकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको हिसाबले देश कमजोर अवस्थामा रहेको बताए ।

‘अर्थतन्त्र ध्वस्त भइरहेकोले अहिले पहिलो चौमासिकमै कर्मचारीलाई तलब खुवाउन राष्ट्र ऋण उठाउनुपर्ने अवस्था देशमा आएको छ । रोजगारीका अवसरहरु गुमेकाले, उद्योगधन्दा बन्द हुँदै गएकाले, नयाँ उद्योग नखुलेकोले देश अत्यन्त अप्ठ्यारो अवस्थामा छु, उनले भने, ुहामी व्यापार घाटामा छौं । खाली आयात गर्ने, निर्यात गर्ने कुनै सामान उत्पादन गर्दैनौं । देशमा भ्रष्टाचार व्याप्त छ । कमिसनतन्त्र र तस्करी व्याप्त छ । यी सबै कुराहरुलाई फेर्न अब हामीले ढिलो गर्नु हुँदैन ।’

उनले एमालेलाई सरकारबाट हटाएर देशलाई यो दुर्दशामा पुर्‍याइएको भन्दै एमालेबाहेक अरुले यो देश बनाउन नसक्ने दाबी गरे । ‘सरकारबाट एमाले बाहिर भयो भने २ वर्षभित्र देश कंगाल हुँदोरहेछ । देश बर्बाद हुँदैछ । त्यसबाट जोगाउन एमालेको एकल बहुमत चाहिन्छ’ उनले भने ।

अध्यक्ष ओलीले भूकम्पपीडितका लागि सरकारबाट पर्याप्त काम नभएको समेत आरोप लगाए । ‘हाम्रो सुझाव सरकारलाई छ, भूकम्प पीतितहरुको सकेसम्म छिटो व्यवस्थापन गरियोस्, पुनर्निर्माण गर्ने र उहाँहरुलाई पुनस् बसोबास गराउने काम अविलम्ब सरकारले गरोस्’, उनले भने ।