FLASH NEWS
  • Loading...

अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १३४ पटक पढिएको
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता सुरु

सदरमुकाम बेनीमा २१ औँ जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगिता सुरु भएको छ ।

मंसीर २२ गतेसम्म बेनीको खुला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मंगलबार गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले गरिन । प्रतियोगितामा जिल्लाका २२ विद्यालयले सहभागीता रहेकाे अायाेजकले जनाएकाे छ ।  हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्षको मुख्य प्रायोजक राम–विमला फाउण्डेशनका गौचनले एक लाख रुपैयाँको चेक अध्यक्ष सुमन बानियाँलाई हस्तान्तरण गरिन ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनोद घर्तीले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद तथा अनुशासित टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।