FLASH NEWS
  • Loading...

म्याग्दीमा ६ बालबालिकासमेत १ सय १८ जना एचआईभी संक्रमित, ६ जोडी संत्रमितले जन्माए श्वस्थ्य शिशु

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ६३५ पटक पढिएको
म्याग्दीमा ६ बालबालिकासमेत १ सय १८ जना एचआईभी संक्रमित, ६ जोडी संत्रमितले जन्माए श्वस्थ्य शिशु

जिल्लामा बर्षेनी एच.आइ.भी. संक्रमितको संख्या बृद्धी भै रहेको छ ।
बेनी अस्पतालको अभिलेख अनुसार पछिल्लो चार महिनामा थप २ जना एचआईभी पोजेटिभ संक्रमित फेला परेका छन । संक्रमितमध्य एक जना साउदी अरवबाट फर्केका र एक जना भारतमा लामो समय कामगरी हाल म्याग्दीमै ज्यालामजदुरी गर्ने मजदुर छन ।
जिल्ला अस्पतालमा रहेको एचआईभी/एड्स सम्बन्धी कार्यक्रम हेर्ने एआरटी सेन्टरको अभिलेख अनुसार अहिले जिल्ला अस्पतालबाट ४ जना बालक, २ जना १८ बर्ष मुनीका बालिका समेत एक सय १८ जनाले जनाले बेनी अस्पतालबाट नियमित औषधी सेवन गरिरहेका छन । छुट्टै एचआईभी/एड्स संक्रमित भै पहिचान भएका मध्य ४३ जनाले पोखराबाट, ११ जनाले बाग्लुङ्गबाट र काठमाण्डौ पुगी एआरटी सेवा लिनेको संख्या १५ जना छ ।
‘जिल्लामा बर्षेनी एचआईभी/एड्स संक्रमित पत्ता लाग्ने रेसियो बढेको छ । पछिल्लो चार महिनामा २ जना नयाँ संक्रमित पत्ता लागेको छ’ बेनी अस्पतालकी एआरटी कन्सुलर पशुपति बानियाँले भनिन्, ‘पक्ता लागेका सवै संत्रमितले नियमित एआरटी सेव लिईरहेका छन ।’

६ जोडी संत्रमितले जन्माए श्वस्थ्य शिशु
एचआईभी संक्रमित भै नियमित औषधि सेवन गरिरहेका मध्य ६ दम्पत्तिले श्वस्थ्य बच्चा जन्माएका छन । नवजात सवै बालबालिकाहरु एचआईभी नेगेटिभ छन । त्यस्तै संक्रमित भै नियमित औषधी सेवन गरिरहेका मध्य मध्य एक जनाले विवाह गरेका छन ।
‘एचआईभी/एड्स विरुद्धको औषधि नियमित सेवन गरिरहेकामध्य ६ महिलाले अस्पतालमै संक्रमण नेगेटिभ रहेका पूर्ण स्वास्थ्य शिशुको जन्म दिएका छन । एआरभी लिईरहेका आमाबाट जन्मेका नवजात शिशुहरुलाई ४ महिनासम्म प्रोप्यालेक्सीस औषधी दिईन्छ । २४ महिनासम्म आमाको दुध चुसाईन्छ । एक महिना आमाको दुध छोडाई एचआईभी/एड्स परिक्षण गरिन्छ, त्यसपछि पनि नेगेटिभ आयो भने बच्चलाई एचआईभी मुक्त घोषणा गरिन्छ’ एआरटी कन्सुलर बानियाँले थपिन, ‘एचआईभी/एड्सका भाईरसको लोडका आधारमा संक्रमित आमाबाबुले बच्चा जन्माउने निर्णय गर्न सक्छन ।’
एआरटी सेन्टरको अभिलेख अनुसार गत बर्ष पोखराबाट औषधी खाई विगत २ बर्षदेखी औषधी छुटाईएकी एक किसोरीलाई पुनः औषधी उपचारको प्रकृयामा जोडिएको छ । एड्स संक्रमणबाटै आमाबाबु गुमाएकी ति किसोरीलाई बृद्ध हजुरबा–आमाले पाल्दै आएका थिए । तर ति बृद्धहरुले आफुहरुको मृत्यु पछि बालिकाले दुख पाउने भन्दै नातिनिलाई नियमित औषधी छुटाईदिएका थिए ।
त्यसै विच एचआईझी संक्रमित देखिएका मध्य एक जना संत्रमित सम्पर्क विच्छेद भएका छन । संक्रमण स्वीकार गर्न नमानेका ति विरामी औषधी सेवन छुटाएका हुन ।