FLASH NEWS
  • Loading...

बेनीमा तीन पाङ्ग्रे सवारी दर्ता सरू, रुट तथा भाडादर कायम

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • १६९ पटक पढिएको
बेनीमा तीन पाङ्ग्रे सवारी दर्ता सरू, रुट तथा भाडादर कायम

बेनी नगरपालिकाले बेनी तथा वरपरका वस्तीसम्म पुग्ने तीन पाङग्रे सवारी साधन (टेम्पो, अटोरिक्सा तथा इ–रिक्सा)को दर्ता सुरु गरेको छ । नगरपालिकाले बेनी क्षेत्रमा गुड्ने ति तीन पाङ्ग्रे सवारी साधनकालागी रुट तथा भाडा दर समेत तोकेको छ ।
बेनी नगरपालिकामा दर्ता हुने तीन पाङ्ग्र सवारी साधनहरु टेम्पो, अटोरिक्सा तथा इ–रिक्साको दर्ता शुल्क ७ हजार ५ सय र बार्षिक नविकरण शुल्क २ हजार तोकेको छ ।
त्यसैगरी नगरप्रमुख सुरत केसीले जारी गरेको सूचना अनुसार तीन पाङ्ग्र सवारी साधनहरु टेम्पो, अटोरिक्सा तथा इ–रिक्साकालागी मंगलाघाट–कालीपुलसम्मको एक तर्फ प्रतियात्रु २५ रुपैयाँ, बेनी–अर्थुङ्गेसम्म प्रतियात्रु ४०, बेनी–गलेश्वरसम्मको प्रतियात्रु ३०, बेनी–बगरफाँटसम्मको ३०, हुलाकेसम्मको ३० र बेनी–चुत्रेनीसम्मको प्रतियात्रु रु ३० रुपैयाँ भाडादरसहित रुट कायम गरिएको छ ।

बेनी क्षेत्रमा भने मंगलाघाटबाट विरेन्द्रचोक–हुलाकचोक–न्यूरोड–क्याम्पसचोक–शिक्षा मार्ग–हस्पिटलचोकहुँदै कालीपुल तथा वसपार्क क्षेत्र तथा फर्कदाँ कालीपुल–हस्पिटलचोक–गणेशटो, संगमचोक–वालमन्दीरचोक–विरेन्द्रचोकहुँदै मंगलाघाटसम्म रुट कायम गरी न्युनतम एक जना यात्रु भएपनि बोक्नु पर्ने सर्तसहित एक तर्फ भाडा दर प्रति यात्रु २५ रुपैयाँ तोकेको छ ।
‘नगरपालिकाको सदरमुकाम समेत रहेको बेनी क्षेत्रमा नगरवस नभएकोले यात्रुले सास्ती पाएका थिए । त्यसैले बेनी क्षेत्रका यात्रुको सार्वजनिक सवारी सहजताकालागी तीन पाङ्ग्रे सवारी साधनहरु दर्ता खुल्ला गरी रुट र भाडादर समेत कायम गरेका छौं’ बेनी नगरप्रमुख सुरत केसीले भने, ‘तीन पाङ्ग्रे सार्वजनिक यातायात संञ्चालन भएपछि बेनी क्षेत्रमा यात्रुकालागी धेरै सहज भएको छ । सुविधा पनि पुगेको छ । विस्तारै नगरक्षेत्रका सवै वस्तीसम्म नगर सार्वजनिक सवारी साधनहरु संञ्चालन गर्ने प्रयास गर्ने छौं ।’